नेभिगेसन मेनु

अस्ताए एक स्तम्भ : रौतहटको पत्रकारिता नै शोकमा
सम्पादक:南亚网络电视
समय:2025-05-14 12:08

fanidev

एस् ए टी भी ३१ वैशाख, काठमाडौंः लामो समयदेखि पत्रकारितामा सक्रिय फणिदेव महतको गएराति निधन भएको छ। छापा, अनलाइन र रेडियो पत्रकारितामा निरन्तर सक्रिय महत लामो समयदेखि मृत्युसँग लड्दै आएका थिए।

ब्रेन ट्युमरबाट पीडित महतको उपचार नेपाल र भारतका विभिन्न अस्पतालमा गरिएको थियो। ४८ वर्षीय पत्रकार महतको उपचारमा स्थानीय समुदाय र संघसंस्थाले चासो देखाए पनि आर्थिक अभावले सधैं समस्यामा पारेको थियो।

अन्नपूर्णपोस्ट दैनिकका रौतहट सम्वाददाता, रेडियो सुप्रिमका सञ्चालक र कलमपाटी डटकमका संस्थापक महत प्रेस चौतारीसँग आबद्ध थिए र मधेश प्रदेशको नेतृत्व पनि सम्हालेका थिए। 

विपन्न र दलितको पक्षमा निरन्तर आवाज उठाउने महतको खोजी पत्रकारितामा ठूलो योगदान थियो। उनकी श्रीमती र दुई नाबालक छोरा छन्। महतको निधनको खबरले रौतहटको पत्रकारिता शोकमा डुबेको छ। 

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जयकुमार कार्कीले ‘रौतहटको पत्रकारिताको एक नक्षत्र नै अस्ताएको’ बताउँदै देशकै पत्रकारिताका लागि अपूरणीय क्षति भएको उल्लेख गरे।

महतको निधनको खबर फैलिएसँगै राजनीतिज्ञ, कर्मचारी, शिक्षक, पत्रकार र बुद्धिजीवीले शोक व्यक्त गरेका छन्। ‘निष्ठापूर्ण पत्रकारिताको एक स्तम्भ आज ढलेको’ बुद्धिजीवीको भनाइ छ।

पत्रकार महतको पार्थिव शरीरलाई बुधवार श्रद्धाञ्जलिसहित अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर