नेभिगेसन मेनु

मुसहरले हाले होमको चरु
सम्पादक:南亚网络电视
समय:2025-04-08 12:30

Hom

एस् ए टी भी २६ चैत्र, काठमाडौँः सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगन्ज पर्तीबजारमा दलित र गैरदलित मिलेर सीताराम नाम महायज्ञ आयोजना गरेका छन् । 

सिराहा जिल्लामा महायज्ञ लगाउन दलितको घर भत्काइएको घटना चर्चामा रहेका बेला बबरगन्ज पर्तीबजारस्थित सवारी कुटी हनुमान मन्दिरमा भने दलित र गैरदलित मिलेर महाज्ञयज्ञ लगाएका हुन् । महायज्ञमा दलित समुदायलाई पूजापाठलगायत कुनै पनि काममा अवरोध छैन । महायज्ञमा तराईको सबैभन्दा पिछडिएको दलित समुदाय अन्तर्गत पर्ने मुसहर समुदायका व्यक्तिले होमको चरु हाल्ने काम गरिरहेका छन् । महायज्ञ आयोजक समितिको अध्यक्ष दलित अन्तर्गत पर्ने पासवान समुदायका युवकलाई बनाइएको छ । 

महायज्ञ आयोजक समितिका अध्यक्ष मनोज पासवानले यज्ञमा जुनसुकै जातजातिलाई प्रवेश तथा पूजापाठका लागि खुला गरिएकाले कुनै विभेद नरहेको बताउनुभयो । पासवानले भन्नुभयो, “यहाँ दलित र गैरदलितबिच कुनै विभेद छैन । सबैको सहभागितामा महायज्ञ चलिरहेको छ । यज्ञमा दलित र गैरदलित मिलेर पालैपालो होम हाल्ने कामसमेत गरिरहेका छन् ।”

चैत २० देखि जारी महायज्ञ आयोजना गर्न पर्तीबजारका स्थानीयले १० दलित र पाँच गैरदलित समावेश गरेर समिति बनाएका छन् । होम हाल्ने काममा तीन दलित र तीन गैरदलित खटिएका छन् । 

महायज्ञ स्थलमा होम हाल्ने काममा दलितबाट बिघु माझी मुसहर, शिवजी माझी मुसहर, चलित्तर दास पासवान तथा गैरदलितबाट रामप्रताप महतो, रामवीर राय र रामनन्दन महतो खटिनुभएको छ । सोमबार मध्याह्न यज्ञमा होम हाल्दै गर्दा भेटिएका बिघु माझीले यज्ञमा आफू दलित भएको महसुस नै नगरेको बताउनुभयो । अहिलेसम्म पाँच पटक यसै गरी गाउँका दलित र गैरदलित मिलेर महायज्ञ लगाउँदै आएको बिघुले बताउनुभयो । उहाँले भन्नुभयो, “म दलित र अर्को गैरदलित भन्ने नै महसुस भएको छैन । सबैले सबै काम गरिरहेकै छौँ । हाम्रोमा अन्य ठाउँमा जस्तो केही विभेद छैन ।”

पासवान समुदायका रामचन्द्रदास बैरागी र मुसहर समुदायका विष्णुदास बैरागीले विभिन्न गाउँमा पुगेर सङ्कलन गरेको सहयोग र गाउँलेले उठाएको चन्दाबाटै पर्तीबजारमा दलित तथा गैरदलित मिलाएर सीताराम नाम महायज्ञ आयोजना गर्नुभएकको हो । यज्ञ आयोजक समितिका कोषाध्यक्ष रामएकवाल महतोले आफू गैरदलित भए पनि दलित समुदायलाई कुनै विभेद नगरी यज्ञमा सरिक भइरहेको बताउनुभयो । 

समाजमा सबै जातजाति मिलेर बस्नुपर्ने सन्देश दिन यसरी यज्ञ लगाइएको महतोले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ कसैले कसैलाई कुनै किसिमको विभेद गरेका छैनन् । हामी समाजमा सबै जातजाति मिलेर बस्नुको विकल्प छैन भन्ने पक्षमा छौँ ।” यज्ञमा रामयण पाठ गरिरहेका मिश्रीलाल साह तेलीले यज्ञमा ठुलो र सानो जाति भन्ने मानसिकता कसैले नराखेको बताउनुभयो । साहले यो यज्ञले सबै जातजाति मिलेर बस्नुपर्ने सन्देश दिएको बताउनुभयो । 

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले दुई दलित साधुसन्तको अगुवाइमा सञ्चालन भइरहेको यज्ञमा बृहत् बैठक बसेर दलित र गैरदलित मिलाएर आयोजक समिति बनाइएको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष, पार्टीका प्रतिनिधि र गाउँले बसेर दलित र गैरदलित दुवै समुदाय मिलाएर आयोजक समिति बनाएका हुन् । गाउँपालिकाका अध्यक्ष महतो दलितकै अगुवाइमा गैरदलित समाहित भएर यज्ञ आयोजना गरिरहँदा समाजमा उदाहरणीय काम भइरहेको बताउनुहुन्छ । गाउँपालिकाका अध्यक्ष महतोले भन्नुभयो, “दलितमाथि अन्यत्र भइरहेको विभेदलाई पर्तीबजारको महायज्ञले चुनौती दिइरहेको छ । यज्ञमा गाउँपालिकाले पनि साथ सहयोग गरेको छ । हामीले कार्यपालिका बैठकबाटै ३१ हजार रुपियाँ प्रदान गर्ने निर्णय गरेका छौँ ।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर