नेभिगेसन मेनु

हस्तकलाको मूल्य नपाउँदा चिन्तित
सम्पादक:南亚网络电视
समय:2025-03-09 11:51

hastakala

एस् ए टी भी २५ फाल्गुन, काठमाडौँः बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका होमनाथ बराइली विगत तीन दशकदेखि काठमा विभिन्न बुट्टा कुँदिरहनुभएको छ । पछिल्लो समय उहाँ यो पेसाप्रति खासै सन्तुष्ट नभएको बताउनुहुन्छ । हस्तकलाले उचित मूल्य पाउन छाडेपछि निरास बन्दै गएको बराइली बताउनुहुन्छ ।

हस्तकलाका सामग्री बाहिरबाट आयात गर्दा तथा प्लाष्टिकका सामग्रीको बजारमा बढ्दो कारोबारसँगै घरेलु हस्तकलाको माग घटेको बराइली बताउनुहुन्छ । उहाँका बुबा डिल्लीमान बराइली धातुका विभिन्न मूर्ति तथा बुट्टा कुँद्ने काम गर्नुहुन्थ्यो । उहाँकै प्रभावले सानै उमेरदेखि आफू पनि यो पेसामा लागेको होमनाथले बताउनुभयो । 

“पहिलापहिला हस्तकलाको माग धेरै हुने गरेको र बुबासँगै दाजु झमक पनि सोही पेसामा आबद्ध हुनुहुन्थ्यो, यसैबाट परिवारको गुजारा चलेको थियो”, उहाँले भन्नुभयो ।

स्थानीय काठबाट घर तथा मन्दिरको ढोका, मूर्ति, टुँडाल, आँखीझ्याल, रेलिङ, भक्तपुरे ढोकालगायत विभिन्न काठका सामग्री बनाउने गरिन्छ । एउटा भक्तपुरे ढोका तयार पार्न कम्तीमा दुई महिना लाग्ने गरेको तर ग्राहकले सीप र समयअनुसारको मूल्य तिर्न नचाहने बराइली बताउनुहुन्छ । उहाँका अनुसार एउटा ढोकाको चौकठ पल्लाको मूल्य रु एक लाख ५० हजार हाराहारी पर्छ । “सरकारी निकायका भवन, सार्वजनिक भवन, मठमन्दिरलगायतमा स्थानीय काठमा घरेलु हस्तकलाबाट बनेका सामग्री प्रयोग गर्ने हो भने हाम्रो कला मर्ने थिएन”, बराइलीले भन्नुभयो ।

आगामी दिनमा यसै पेसालाई निरन्तरता दिन नसकिने हो कि भन्ने चिन्ता बढ्दै गएको बराइली बताउनुहुन्छ । प्लाष्टिकजन्य सामग्री आयातमा कमी गर्ने हो भने स्वदेशी घरेलु हस्तकलाले मूल्य पाउने बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई बताउनुहुन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर