एस् ए टी भी १९ फाल्गुन, काठमाडौँः खाँदबारी नगरपालिका-९ सालघारीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यू भएको छ। आइतबार राति १० बजे भएको दुर्घटनामा एकम अधिकारीको मृत्यू भएको प्रहरीले जनाएको छ।
खाँदबारीबाट तुम्लिङटारतर्फ जाँदै गरेको प्र १-०२-०५३ प ८१४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा पछाडि बसेका अधिकारीको मृत्यु भएको हो।
प्यूठान सोमद्धार नगरपालिका-१ घर भएका अधिकारी संखुवासभाको धर्मदेवी-६ पिलुवाखोला हाईड्रोपावरमा काम गर्दै आएका थिए । घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको डीएसपी दक्षकुमार बस्नेतले बताए।