नेभिगेसन मेनु

टिकटक प्रतिबन्ध हटाउन सरकार सकारात्मक
सम्पादक:南亚网络电视
समय:2024-08-21 14:38

tiktok

एस ए टिभी , काठमाडौँ। सरकारले चर्चित सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध हटाउने बारे छलफल सुरु गरेको छ। केही दिन अघि टिकटकको दक्षिण एसिया डिभिजनले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई नेपालको नियम कानुनको परिपालना गर्ने आशय सहितको इमेल गरे पस्चात प्रतिबन्ध फुकाउने बारे छलफल सुरु भएको हो।  

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार टिकटकको प्रतिबन्ध फुकुवा गर्ने छलफल सकारात्मक रूपमा अघि बढेको छ। "अहिले कुनै ठोस निर्णय भैसकेको छैन तर नेपालको नीति नियममै बसेर सञ्चालन गर्छौ भनेर आइसकेपछि हामीले रोक्नु पर्ने आवश्यकता छैन", प्रवक्ता ठाकुरले भने। यस अघि टिकटकले प्रतिबन्ध खुलाउन ७ पटकसम्म पत्राचार गरेका थिए।

गत कार्तिक २७ मा तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहाल नेतृत्वको सरकारले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो। निर्देशिका जारी गरेसँगै सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर