नेभिगेसन मेनु

रामेछाप पहिरो : ६ जनाको शव भेटियो, ४ जना अझै बेपत्ता
सम्पादक:南亚网络电视
समय:2024-08-25 12:31

ramechap pahiro

रामेछाप– रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

ramechap 1


अविरलको वर्षापछि गएराति गएको पहिरोले चारवटा घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्। उनले अझै ४ जना बेपत्ता रहेको बताइन् । एकजना बालिका अञ्जना पहरीको घाइते अवस्थामा उद्धार गरिएको छ । 

 

ramechap2

 

 

 

मृत्यु भएका मध्ये दुईजनाको मात्रै पहिचान खुलेको छ । मृत्यु हुनेमा ३२ वर्षीय चण्डिका श्रेष्ठ (थापा) र उनका नाबालक छोरा आमुस रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

पहिरोले घर बगाउँदा केही पशुचौपाया पनि बेपत्ता छन् । पहिरोका कारण पुरै बस्ती जोखिममा रहेको बताइएको छ ।

दोरम्बा शैलुङको वडा नम्बर २ र ३ को सीमा क्षेत्रमा पर्ने अधेरी खोलाको पक्की पुल समेत बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत क्षतिग्रस्त भएकाले उद्धारमा समस्या भएको बताइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर