नेभिगेसन मेनु

विद्युत्‌को उज्यालो पर्खिरहेको पर्यटकीय गाउँ निसेलढोर
सम्पादक:南亚网络电视
समय:2024-08-17 10:02

nisheldhor

ढोरपाटन– पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युत्‌को पहुँच छैन। बागलुङको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरका स्थानीय अन्धकारमा बस्न बाध्य छन्।

विद्युत्‌ सुविधा नहुँदा स्थानीयले दियालो र टुकी बालेर रात बिताउन बाध्य छन्। एक दशक अगाडिसम्म निसीवासी बर्खाको समयमा पशुचौपाया पाल्ने, आलु र स्याउ फलाउने गर्थे। हिउँदको समयमा निसी गाउँमा बस्ने गर्थे। निसेलढोर लेक क्षेत्र पर्छ भने निसी गाउँ औल (बेँसी) क्षेत्र हो।

पछिल्लो समय करिब ७० परिवार बाह्रै महिना स्थायी रूपमा निसेलढोरमा बस्ने गर्छन्। बर्खाको समयमा यहाँ २०० भन्दा बढी परिवार बस्छन्। ढोरपाटन उपत्यकादेखि करिब डेढ घण्टाको यात्रामा पुग्न सकिने निसेलढोर पर्यटकीय हिसाबले आकर्षक भए पनि विद्युत्‌लगायत सुविधा नपुग्दा ओझेलमा छ।

पहिले हिउँदमा हिमपात हुने र बढी चिसोका कारण यहाँ कमै मात्रै स्थानीय बस्ने गरे पनि पछिल्लो समय सडकले जोडिएपछि स्थायी रूपमा बस्नेको संख्या बढ्न थालेको स्थानीय सम्झना विकले बताइन्। अन्धकारमै रात बिताउँदै आएको भन्दै आधुनिक प्रविधिको विकास हुँदासमेत आफूहरू सूचना सञ्चारबाट टाढा रहनुपरेको सुनाइन्।

“बिजुली छैन, टेलिभिजन हेर्न र रेडियो सुन्न पाइँदैन, साथमा मोबाइल भएर के गर्ने? चार्ज गर्न पाइँदैन, मोबाइल चार्ज गर्न, दुई/तीन घण्टा हिँडेर ढोरपाटन पुग्नुपर्ने अवस्था छ,” उनले भनिन्, “बिजुली हुन्थ्यो भने साँझमा केटाकेटीले अबेरसम्म पढ्न पाउँथे, देश विदेशका खबर सुन्न पाइन्थ्यो।”

स्थानीय बलबहादुर घर्तीले दियालो र दाउरा काट्न ढोरपाटन सिकार आरक्षले अवरोध गर्ने हुँदा खाना पकाउन र साँझमा उज्यालो बाल्न अप्ठ्यारो भएको बताए। बजारमा मट्टीतेल पाइन छोडेको उनको भनाइ छ।

निसीखोला–५ का वडाध्यक्ष हर्कमान घर्तीमगरले निसेलढोरमा विद्युत् पुर्‍याउन काम भइरहेको बताए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर