नेभिगेसन मेनु

विश्वभर चर्चामा रहेको अम्बानीपुत्र अनन्त र राधिकाको प्रि–वेडिङ
सम्पादक:南亚网络电视
समय:2024-07-08 15:14

ananta-n-radhika2024-07-08-10-39-34

भारतका सबैभन्दा धनाढ्य मुकेश अम्बानीले छोरा अनन्त अम्बानीको भव्य विवाह समारोह आयोजना गर्दै छन् । एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले गत मार्चमा आफ्ना छोराका लागि तीनदिने विवाहपूर्व (प्रि–वेडिङ)को पार्टी दिएका थिए । पार्टीमा विश्व नेता, प्रविधि क्षेत्रका ख्यातिप्राप्त व्यक्ति र भारतीय सिने जगत् (बलिउड)का दिग्गज कलाकारसहित १२ सयजनाको अतिथि सूची र प्रख्यात गायिका रिहानाको प्रस्तुति समावेश थियो । यो केवल उनीहरूको महिनौँ लामो भव्य विवाहपूर्व समारोहको सुरुवात थियो । यसले विश्वका प्रसिद्ध पत्रपत्रिका तथा अनलाइनमा समाचारको मुख्य समाचारको स्थान पायो । त्यस्तै, सामाजिक सञ्जालमा पनि व्यापक चर्चा पाएको थियो ।

मे महिनामा अम्बानी परिवारले तीनदिने समारोहका अवसरमा अतिथिहरूलाई सुविधासम्पन्न पानीजहाजमा इटालीदेखि फ्रान्ससम्मको यात्रामा लगेको थियो । डेभिड गुएटाको डिजे सेट, केटी पेरीको सुप्रसिद्ध गीत ‘फायरवर्क’ र पिटबुलको प्रदर्शनको साथ यसलाई भव्य सांगीतिक माहोलबीच अन्त्य गरिएको थियो । २९ वर्षीय अनन्तले आफ्नी प्रेमिका राधिका मर्चेन्टसँग विवाह गर्ने भएपछि यसको तयारीमा गरिएको विवाहपूर्वको पार्टी र उत्सवले निकै चर्चा पाएको थियो ।

विश्वका नवौँ र एसियाकै सर्वाधिक धनी अम्बानी

फोब्र्स पत्रिकाका अनुसार बेहुला अनन्तका पिता मुकेश अम्बानी हाल ११६ अर्ब अमेरिकी डलर सम्पत्तिका साथ विश्वका नवौँ धनी व्यक्ति हुन् । उनी एसियाकै सबैभन्दा धनी व्यक्ति पनि हुन् । पेट्रोकेमिकल्स, तेल र ग्यासदेखि दूरसञ्चार र खुदरासम्मको सेवाबाट वार्षिक एक खर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने उनको रिलायन्स इन्डस्ट्रिज एक विशाल व्यावसायिक समूह हो ।

अम्बानी परिवारको अन्य सम्पत्तिका अलावा मुम्बईमा एन्टिला नामक २७ तले निजी अपार्टमेन्ट छ । यसको मूल्य एक अर्ब अमेरिकी डलर पर्ने बताइन्छ । यसमा तीनवटा हेलिप्याड, १६० कारको ग्यारेज, निजी सिनेमा हल, स्विमिङ पुल र फिटनेस सेन्टर छन् ।

आलोचकहरूका अनुसार अम्बानीको कम्पनी सन् १९७० र ८० को दशकमा भारतीय कांग्रेस सरकारको समयमा र सन् २०१४ पछि प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा राजनीतिक सम्बन्धका कारण फस्टाएको हो । भारतमा आसेपासे पुँजीवाद (क्रोनी क्यापिटलिजम)ले अम्बानीजस्ता केही कर्पोरेसनलाई फस्टाउन मद्दत गरेको उनीहरूको भनाइ छ । अम्बानीले आफ्ना दुई छोरा र छोरीलाई जिम्मेवारी हस्तान्तरण गर्न थालेका छन् । जेठो छोरा आकाश अम्बानी अहिले ‘रिलायन्स जियो’को अध्यक्ष हुन् । उनकी छोरी इशाले खुद्रा व्यापारको रेखदेख गर्छिन् भने कान्छो छोरा अर्थात् भावी दुलहा अनन्तलाई नयाँ ऊर्जा व्यवसायमा सामेल गरिएको छ ।

को हुन् अनन्त अम्बानी ?

रिलायन्स इन्डस्ट्रिजको वेबसाइटका अनुसार अनन्तले ब्राउन युनिभर्सिटीबाट स्नातक गरेका छन् । उनले रिलायन्स ग्रुपको नवीकरणीय र हरित ऊर्जा विस्तारसम्बन्धी जिम्मेवारी सम्हालेका छन् । उनले गृहनगर गुजरात राज्यको जामनगरमा तीन हजार एकड (लगभग १२ हजार हेक्टर) पशु उद्धार केन्द्र पनि चलाएका छन् । उनीहरूले गृहनगर जामनगरमा मार्चमा अतिथिहरू भेला गरी असाधारण विवाहपूर्वको पार्टीमा उत्सव मनाएका थिए ।

फोब्र्स पत्रिकाका अनुसार बेहुला अनन्तका पिता मुकेश अम्बानी हाल ११६ अर्ब अमेरिकी डलर सम्पत्तिका साथ विश्वका नवौँ धनी व्यक्ति हुन् । उनी एसियाकै सबैभन्दा धनाढ्य पनि हुन् । 

हुनेवाला बेहुली अर्थात् २९ वर्षीया राधिका मर्चेन्ट औषधि व्यवसायी भिरेन मर्चेन्टकी छोरी हुन् । उनी ‘एनकोर हेल्थकेयर’का मार्केटिङ डाइरेक्टरसमेत हुन् । सन् २०१७ मा दुवैजनाका साथीमार्फत यी दुईको परिचय भएको थियो । ‘त्यो पहिलो भेटले हामीबीच केही विशेष सम्बन्ध जन्मायो । हामीले डेटिङ सुरु गरेको धेरै समय भएको छैन,’ उनले भने ।

वैवाहिक कार्यक्रम र अतिथि

स्थानीय सञ्चारमाध्यमका अनुसार विवाहको मुख्य समारोह जुलाई १२ मा हुनेछ भने जुलाई १४ मा भव्य भोज (रिसेप्सन) हुनेछ । अम्बानीको मुम्बई सहरमा रहेको जियो वल्र्ड कन्भेन्सन सेन्टर र उनीहरूको पारिवारिक घरमा सेलिब्रेसन हुने अनुमान गरिएको छ । हिन्दु रीतिरिवाजअनुसार दम्पतीको जन्मकुण्डलीको आधारमा मिति तय गरिएको र जुलाई १४ लाई शुभ मानिएको छ । साथै, परम्परालाई ध्यानमा राख्दै विवाहको पारम्परिक कार्यक्रम र अनुष्ठानभन्दा सेलिब्रेसन पहिले हुनेछ ।

शुक्रबार सामाजिक सञ्जालमा यो जोडीको संगीतको भिडियो चर्चामा आएको थियो, जहाँ दुलहा र दुलहीका परिवारले अतिथिहरूका लागि नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा आलिया भट्ट, रणवीर सिंह, सलमान खान, जस्टिन बीबरलगायत बलिउड स्टारको पनि प्रस्तुति रहेको थियो । परिवारले गत हप्ता ५० भन्दा बढी विपन्न दम्पतीका लागि सामूहिक विवाहको आयोजना पनि गरेको थियो । असाधारण पार्टीहरू अम्बानीहरूको विशेषता हो र अर्को हप्ताको विशेष कार्यक्रमले सेलिब्रिटी, अर्बपति र विश्व नेताहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

गत मार्चमा विवाहपूर्वको पार्टीमा बिल गेट्स, मार्क जुकरबर्ग, क्यानडा र कतारका पूर्वनेताहरूका साथै शाहरूख खान र दीपिका पादुकोणजस्ता बलिउडका ए–लिस्ट स्टारको पनि उपस्थिति थियो । रिहानाको अलावा, अकोन र अन्तर्राष्ट्रिय ख्याति कमाएका एक पन्जाबी गायक दिलजित दोसाँझले कोचेलामा प्रदर्शन गरेका थिए ।

सन् २०१८ मा अम्बानीले छोरीको विवाह गरिदिँदा पनि भव्य उत्सवको कारण पत्रपत्रिकाले निकै महत्व दिएका थिए । त्यतिवेला अमेरिकाका पूर्वविदेशमन्त्रीहरू हिलारी क्लिन्टन र जोन केरीले पश्चिमी भारतीय सहर उदयपुरमा भारतीय सेलिब्रेटी र बलिउड स्टारहरूसँगै विवाहमा सहभागी भएका थिए ।

– एपीबाट

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर