नेभिगेसन मेनु

नेपाल-भारत जलविद्युत् सहकार्य उल्लेखनीय : भारतीय पूर्वविदेशसचिव
सम्पादक:南亚网络电视
समय:2024-04-24 12:43

Harsbardan2024-04-23-05-50-29

भारतीय पूर्वविदेशसचिव हर्षवर्धन शृंखलाले छिमेकी पहिलो नीतिअन्तर्गत भारतले ५९ प्रतिशत सहुलियत ऋण छिमेकमा दिएको बताएका छन्। 

उनले नेपाल, भुटान र बंगलादेशलाई लाभांश दिने गरी विद्युतमा सहकार्य गरेको तथा व्यापारमा सहजीकरण गरेको पनि उल्लेख गरेका छन्। नेपाल र भारतबीत जलविद्युत् सहकार्य उल्लेखनीय रहेको र पाँच वर्षमा यसले रूपान्तरण ल्याउने पनि उनको भर्ना थियाे।

भारतले प्याज निर्यातमा हालैको प्रतिबन्धबाट हटाएको, भारतीय खोप वितरणमा छिमेकले प्राथमिकता पाएको पनि उनको भनाइ थियो। ‘नेपाल, भुटान र बंगलादेशसँग भारतको विद्युत् सहकार्य फस्टाएर जानेछ,’ शृंखलाले भारतीय पत्रकार प्रतिम रञ्जन बोसको पोडकास्टमा भनेका छन्। नेपाल, बंगलादेशलगायतमा प्याजेको निर्यातले जनजीवन सहज बनाउने र भारतविरोधी भावना पनि घटाउने उनको विश्वास थियो। 

‘हाम्रा छिमेकीहरू सम्पन्न भएनन् भने हाम्रो सम्पन्नताले मात्रै अर्थ हुँदैन। सडक, रेलमार्ग पूर्वाधार निर्माण इत्यादिमा भारतले उपलब्ध गराएको ऋण खर्च भएको छ। हामीले बाह्य ऋण दिएको ५० प्रतिशत ऋण छिमेकमा छ,’ श्रृंखलाले भने, ‘यसले छिमेकलाई साथमै लिएर अघि बढ्ने प्रधानमन्त्री नरेन्द्र मोदीको चाहना प्रतिबिम्बित हुनेछ।’ 

उनले बंगलादेश भारतको पाँचौँ व्यापार साझेदार र नेपाल १०औँ व्यापार साझेदार भएको पनि जिकिर गरे। 

उनले नेपालसँग भारतले गरेको विद्युत् सहकार्यले दुवै देश लाभान्वित भएको पनि बताए। ‘हाम्रो विद्युत् सहकार्य परम्परागत प्रकारको छैन, निजी क्षेत्रको लगानी नेपालको जलविद्युतमा थपिएको छ। यो उल्लेखनीय उपलब्धि हो,’ पूर्वविदेशसचिव शृंखलाले भने, ‘पाँच वर्षमा यो सहकार्यले ठूलो रूपान्तरण ल्याउनेमा म आशावादी छु।’

दार्जिलिङका स्थायी बासिन्दा रहेका शृंखला पहिलो नेपाली भाषी भारतीय विदेशसचिव हुन्। उनले विदेशसचिवबाट निवृत्त भएपछि जी २० सम्मेलनका लागि भारत सरकारका तर्फबाट संयोजकको भूमिका निर्वाह गरेका थिए। उनले भारतले बहुध्रुवीय विश्व चाहेको र भारत आफैँ एउटा ध्रुव रहेको जिकिर गरे।

पूर्वविदेशसचिव शृंखलाले दार्जिलिङ र सिलगढी करिडोर क्षेत्र भारतका लागि रणनीतिक रूपमा संवेदनशील रहेको चर्चा गरे। ‘यो सामान्य क्षेत्र होइन। जोखिमको क्षेत्र हो। नेपाल, भुटान र बंगलादेशसँग जोडिएको रणनीतिक क्षेत्र हो,’ उनले भने, ‘तर, जनताको चाहनालाई सम्बोधन गरेर त्यहाँ लामो समयदेखिको समस्या समाधान गर्नुपर्छ। त्यसमा पनि विकासको प्रतिफल दार्जिलिङ र सिलिगुडीले पाउनुपर्छ। पाइरहेको छ।’ 

उनले भारत–अमेरिका सम्बन्धमा उल्लेखनीय उपलब्धिहरू हासिल भएको पनि दाबी गरे। ‘अमेरिकी कम्पनीहरूले भारतमा ठूलो लगानी गर्न थालेका छन्। हाम्रो सम्बन्ध यस्तो चरणमा पुग्यो, जहाँ सरकार परिवर्तनको असर पर्दैन,’ उनले भने। उनले भारत–बंगलादेश, भारत श्रीलंका सम्बन्ध पनि सन्तोषजनक चरणमा रहेको पनि दाबी गरे। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर