बालाजुस्थित बाइस धारामा स्नान गर्न भक्तजनको घुइँचो। तस्बिर: विशाल श्रेष्ठ/ एस् ए टि भी
वैशाख ११ गते, काठमाण्डौं । आज मंगलबारको दिन काठमाण्डौ उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन जंगलमुनी बाइस धारा भन्ने ठाउँमा बाइसधारा मेलाकाे आयोजना गरिएको छ। हिजो भएको तेमाल जात्रामा स्वयम्भूनाथ दर्शन गर्न जाने भक्तजनहरू आज यहां बाइसे धारामा आई नुहाएर, आफैलाई चोक्खाउँदै फेरि स्वयम्भूनाथ दर्शन गर्न जाने परम्परा रहेको छ। त्यसैले आजको दिन बाइसे धारामा थुप्रै हिन्दू तथा बौद्ध धर्मावलम्बीका भक्तजनहरुको घुइचो लागेको छ।
एस् ए टि भी को क्यामरामा कैद अन्य तस्बिरहरू: