नेभिगेसन मेनु

कागबेनीमा पिण्ड दान गर्ने श्रद्धालुको भीड (फोटो फिचर)
सम्पादक:南亚网络电视
समय:2024-04-08 11:56

1

चैत २६ गते । हिमाल पारीको जिल्ला मुस्ताङको कागबेनी धाममा श्रद्धालु भक्तजनले भीड लागेको छ । जिल्लाको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४,स्थित कागबेनी धाममा चैते दसैँ अघिको सोमबार औँसी तिथि पारेर दिवङ्गत पितृ र आफन्तहरूको नाममा पिण्ड दान गर्ने नेपाल र भारतका विभिन्न ठाउँबाट आएका हिन्दुधर्मावलम्बीको भीड लागेको हो । वर्षको अन्तिम महिना चैते दसै र दसैको अगावै औँसीको दिनमा हुने सोह्र श्राद्ध विशेष गरी हिन्दु धर्मावलम्बीहरूको विशेष दिन हो ।

‘‘सोमबार कागबेनीमा बिहानैदेखि दिवङ्गत आफन्त र पितृहरूको नाममा पिण्ड दान गर्ने हजारौँ भक्तजनहरूको घुइँचो लागेको छ,’’कागबेनी मन्दिर तथा श्राद्ध स्थल व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी गुरुङले भन्नुभयो ,‘‘यहाँ पिण्ड तर्पण गरेपछि  दिवङ्गत पितृहरूले मोक्ष पाउने जनविश्वास छ ।’’ कागबेनीमा पिण्ड दान र तर्पण गरेपछि श्रद्धालु भक्तजन मुक्तिनाथको दर्शन गर्न जाने गर्दछन् । दामोदर कुण्ड र मुक्तिनाथबाट बगेर आएको पवित्र २ नदीको सङ्गममा रहेको कागबेनी धाममा पिण्ड तर्पण गरेर मुक्तिनाथ दर्शन गरेमा मुक्ति पाउने जनविश्वास पनि रहेको छ ।

पिण्ड दान गरेर मुक्तिनाथ दर्शन गर्ने म्याग्दीको रघु गङ्गा गाउँपालिका–४,स्थित दर्मिजाबाट आउनुभएका सबहादुर पुनले बताउनुभयो । गत साल कागबेनी धाममा सोह्र श्राद्धको दिन यति धेरै भिडभाड थिएन । यस पटक भने हजारौँको सङ्ख्यामा धर्मावलम्बीले पूजाआजाका साथै पिण्ड दिएको कागबेनी मन्दिर तथा श्राद्ध स्थल व्यवस्थापन समितिले बताएको छ ।

गत २८ साउनमा कागबेनीमा गएको भीषण बाढीले क्षति पुर्‍याएको कारण समस्या भए पनि व्यवस्थापन समितिले डोजरको प्रयोग गरेर श्रद्धालु भक्तजनलाई सहज बनाएको व्यवस्थापन समिति अध्यक्ष गुरुङको भनाइ छ । कागबेनी धामको पुनर्निर्माणका लागि स्थानीय सरकार सँगै प्रदेश र सङ्घ सरकारले तत्काल ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर