नेभिगेसन मेनु

विद्यालयमा पुगे पाठ्यपुस्तक
सम्पादक:南亚网络电视
समय:2024-04-14 11:39

pustak-Nawalparasi

वैशाख २ गते । यस वर्षको शैक्षिक सत्र सुरु हुन लाग्दा नै जिल्लाका सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । विगतका वर्षमा सबै सामुदायिक विद्यालयमा समयमा पाठ्यपुस्तक पुग्न नसक्दा पढाइ प्रभावित हुँदै आएकोमा यो वर्ष भने चैत मसान्तभित्रै सबै विद्यालयमा पाठ्यपुस्तक पुगेको जिल्ला शिक्षा समन्वय एकाइ पूर्वी नवलपरासीका प्रमुख रुद्र शर्माले बताउनुभयो । 

सामुदायिक विद्यालयका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सरकारले पालिकालाई समेत समयमै बजेट उपलब्ध गराएका कारण यो वर्ष जिल्लाका सबै सामुदायिक विद्यालयले पाठ्यपुस्तक पाएका र अब वैशाखको पहिलो हप्तासम्म सबै विद्यार्थीको हातमा पुस्तक पु¥याउने र दोस्रो हप्तादेखि पढाइ सुरु गरिने गरी आवश्यक परिपत्र गरिएको प्रमुख शर्माले बताउनुभयो । जिल्लाका आठै पालिकाका २६७ सामुदायिक विद्यालयले यो वर्ष समयमै पाठ्यपुस्तक पाएका छन् । पालिकाले सबै विद्यालयलाई समयमै पाठ्यपुस्तक खरिद गर्ने रकम उपलब्ध गराएका कारण पनि पाठ्यपुस्तक समयमै सबै विद्यालयमा पुगेको र अब विद्यार्थीका हातमा पु¥याएर पढाइ नियमित गर्ने बुलिङ्गटार गाउँपालिका शिक्षा शाखाका प्रमुख बुद्धप्रसाद रानाभाटले बताउनुभयो । 

जिल्लाका आठ पालिकामा रहेका सामुदायिक विद्यालयमा करिब ४३ हजार बालबालिका अध्ययन गर्ने गरेका छन् । उनीहरूका लागि राज्यले निःशुल्क शिक्षाको व्यवस्थासमेत गरेको छ । हरेक बालबालिकाको हातमा पुस्तक उपलब्ध गराई निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने गरी सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट समेत पढाइ गर्न थालेको गैँडाकोटस्थित जनक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद सापकोटाले बताउनुभयो । 

नेपाल राष्ट्रिय शमशेर माध्यमिक विद्यालयका प्रधानध्यापक तथा नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष इन्द्रराज भट्टराईले अहिले जिल्लाका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढीले अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेका छन् । यो वर्ष समयमै विद्यालयमा पाठ्यपुस्तक पु¥याउन सकिएको र अहिले हरेक विद्यालयले रकमसमेत निकासा दिइसकेको गैँडाकोटस्थित ईशान स्टेसनरीका सञ्चालक सूर्य रानभाटले बताउनुभयो । 

पुस्तक व्यवसायी रवीन्द्र न्यौपानेले जिल्लाका पुस्तक व्यवसायीले जनक शिक्षा सामग्रीबाट पुस्तक समयमै खरिद गरी बिक्री वितरण गर्न थालेपछि यो वर्ष सबै विद्यालयले पाठ्यपुस्तक खरिद गरिसकेका बताउनुभयो । शैक्षिक गुणस्तर वृद्धि गर्न समयमै अध्ययन अध्यापन गराउने र विद्यार्थीको हात हातमा पुस्तक पु¥याउने गरी सरकारी निकायबाट भएका सकारात्मक क्रियाकलापले समेत विद्यार्थीको मनोबल बढ्ने कृष्ण गण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्य तिवारीले बताउनुभयो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर