नेभिगेसन मेनु

म्याग्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-03-18 12:45

bolero-jeep

चैत ५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्धार जाँदै गरेको जिप आइतबार साँझ दुर्घटना हुँदा २ जना मृत्यु भएको छ । 

गाउँपालिका केन्द्र पोखरेबगरबाट पर्यटक लिन पाउद्धार तर्फ जाँदै गरेको ग १ ज ७६५३ नम्बर प्लेटको यात्रुवाहक जिप सोही गाउँको पुछारमा पर्ने नेपाने भन्ने स्थानमा दुर्घटना हुँदा चालकसमेत दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

खोप्राबाट झरेका तीन जना पर्यटक लिन आइतबार राती उक्त जिप पालिका केन्द्र पोखरेबगरबाट पाउद्धार गाउँतर्फ जाँदै गरेको थियो । 

जिप आइतबार साँझ सडकदेखि करिब ५० मिटर तल खस्दा अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारमा बस्दै आएका चालक गणेश श्रेष्ठ र सोही ठाउँका लालबहादुर तिलिजाको घटना स्थलमै मृत्यु भएको वडा सदस्य पूर्ण बहादुर पाइजाले जानकारी दिनुभयो । 

उहाँका अनुसार पर्यटक लिन आइतबार साँझ नै पाउद्वार गाउँ पुग्नुपर्ने जिप रातिसम्म नपुगेपछि सोमबार बिहान स्थानीयवासीहरुले खोजी गर्दा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।  सीमा प्रहरी चौकी भुरुङ तातोपानीबाट असई बलबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली अहिले घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर