नेभिगेसन मेनु

रुसी राष्ट्रपति चुन्न पोखराबाटै मतदान
सम्पादक:南亚网络电视
समय:2024-03-15 14:15

ण

लेखनाथ, चैत २ गते । छ वर्षे कार्यकालका लागि रुसी राष्ट्रपतिको चुनाव शुक्रबारबाट सुरु भएको छ । रुस, रुसी नियन्त्रणको युक्रेनसहित विश्वभरिका रुसी नागरिकले यसका लागि मतदान गर्दैछन्।

पोखरा र आसपासमा रहेका रुसी नागरिकले पोखराको होटल वाराहीमा रहेको मतदान केन्द्रबाट शुक्रबार ९ बजेबाट मतदान गरिरहेका छन् । मतदानपछि रुसी नागरिक दिदेन्को सर्जेले पोखराबाटै देशको भविष्यको अगुवाइ गर्ने नेतृत्व चुन्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । “पोखराबाटै मत हाल्न पाएँ, देशको भविष्य निर्क्याेल गर्ने अवसर पाएकोमा खुसी छु,” उहाँले भन्नुभयो । 

शुक्रबार १२ बजेसम्म मतदान समय तोकिएको छ । रसियन न्यूज एजेन्सी तासका अनुसार एक सय ४४ देशमा दुई सय ८८ मतदान केन्द्र राखिएका छन् । 

फौजदारी अभियोग लागेर जेलमा रहेका बाहेक १८ वर्ष उमेर पुगेका रसियन नागरिकले मत हाल्न पाउँछन् । सेन्ट्रल इलेक्सन ब्युरोका अनुसार रुसमा ११ करोड २३ लाख र विदेशमा करिब २० लाख मतदाता छन् । वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौं पटक राष्ट्रपति बन्ने दौडमा हुनुहुन्छ । रुसी राष्ट्रपतिका लागि मुख्य मतदान १५ देखि १७ तारिखमा हुने भए पनि प्रारम्भिक र पोस्टल भोटिङ भने यसअघि नै सुरु भइसकेको छ । 

रुस राजदूतावासमा एटासे अलेक्जेन्टर इभासोभले पोखराको मतदान केन्द्रमा करिब एक सय र काठमाडौंको मतदान केन्द्रमा करिब तीन सयले मतदान गर्ने अपेक्षा सुनाउनुभयो। काठमाडौंमा भने आइतबार मतदान गर्ने प्रबन्ध मिलाइएको छ । 

पहिलो चरणमा कसैले ५० प्रतिशतभन्दा बढी मत नपाएमा अर्काे हप्ता दोस्रो चरणको मतदान हुनेछ । यो निर्वाचनबाट वर्तमान राष्ट्रपति पुटिन नै चुनिने प्रबल सम्भावना रहेको बताइन्छ । ७१ वर्षीय पुटिन सन् १९९९ बाट निरन्तर शक्तिमा हुनुहुन्छ ।

चुनावमा कम्युनिष्ट पार्टीबाट निकोली खालिनोनोभ मैदानमा हुनुहुन्छ । निर्वाचनमा लियोनिड स्लुटस्की र भ्लास्लिभ दाभान्कोभ पनि उम्मेदवार हुनुहुन्छ । चर्चित युद्धविरोधी नेता एलेक्सी नाभाल्नीको एक महिनाअघि जेलमै मृत्यु भइसकेको छ । अघिल्ला चुनावमा युद्धविरोधी उम्मेदवार बोरिस नादेहदिनलाई केन्द्रीय निर्वाचन ब्युरोले उम्मेदवारी दिन रोक लगाएको छ । अरु प्रभावशाली उम्मेदवार मैदानमा नहुँदा पुटिनको विजय हुने प्रबल सम्भावना रहेको विश्लेषकहरुको भनाइ छ । 

नेपालमा पनि विदेशमा रहेका नागरिकले मतदान गर्न पाउनुपर्ने आवाज उठेको छ । पछिल्लो जनगणनाले २२ लाख नेपाली विदेशमा रहेको देखाए पनि विदेशमा हुने नेपालीको वास्तविक सङ्ख्या ५० लाखभन्दा बढी रहेको बताइन्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर