नेभिगेसन मेनु

जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-04-06 12:00

accident

चैत्र २३ गते। लमजुङमा भएको जिप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ।मस्र्याङ्दी गाउँपालिका-६ डहरे स्थित सुपर न्यादी जल विद्युत आयोजनाको बा १७ च १४६५ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–४ घर भएका ३७ वर्षीय वीरसिंह दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईले जानकारी दिनुभयो।

चपाईका अनुसार उक्त जिप सडकदेखि चार सय मिटर तल खोचमा खसेको छ।

चालकलाई प्रहरीले डोरीको सहायताले सडकमा निकाली प्रारम्भिक अनुसन्धान पश्चात शव परीक्षणको लागि लमजुङ जिल्ला अस्पतालमा ल्याएको  छ।

हाइड्रोपावरको कामदार पुर्याएर फर्कने क्रममा दुर्घटना भएको सूचना प्राप्त हुनसाथ प्रहरी चौकी बाहुनडाँडा र जिल्ला प्रहरी कार्यालय लमजुङबाट अनुसन्धान अधिकारीसहितको टोली घटनास्थल पुगेको थियो।

 
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर