नेभिगेसन मेनु

बेपत्ता भएको चार महिनापछि वृद्धको शव फेला
सम्पादक:南亚网络电视
समय:2024-03-13 12:53

istockphoto-1269125708-612x612

फागुन ३० गते । बेपत्ता भएको ४ महिना पछि झुन्डिएको अवस्थामा वृद्धको शव फेला परेको छ । गोरखाको सहिद लखन गाउँपालिका – ३ का ८४ वर्षीय भीमबहादुर गुरुङ मङ्गलवार झुण्डिएको मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

सोही वडाको कुसुमपानीको  जङ्गलमा स्थानीयले झुण्डिएको अवस्थामा फेला पार्न साथ जिल्ला प्रहरी कार्यालय गोरखालाई खबर गरेका थिए । खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी टोली र स्थानीयको रोहबरमा मुचुल्का गरी सब आफन्तलाई बुझाइएको प्रहरीको भनाइ छ ।

झुन्डिएको अवस्थामा फेला परेको शवको छाला र हड्डी मात्र भएकाले गन्ध आउन थालेको  जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

गत कात्तिक महिनाको २० गते परिवारसँग बेपत्ता भएपछि केही दिन स्थानीयसँग मिलेर खोजतलास गर्दा कतै पनि नभेटिएकाले मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालय गोरखामा खोजिदिन माग गर्दै निवेदन दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर