नेभिगेसन मेनु

जीबी राई सिंगापुरबाट पक्राउ परेको हल्ला, प्रहरीलाई छैन जानकारी
सम्पादक:南亚网络电视
समय:2024-03-07 13:09

jb rai-1200x560

देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) पक्राउ परेको हल्ला चलाइएको छ।

मलेसियामा रहेको भनिएका राई सिंगापुरबाट पक्राउ परेको बताइएको छ। प्रहरी महानिरीक्षक वसन्त कुवरले भने राई पक्राउ परेको आफूलाई जानकारी नभएको र त्यसको पुष्टि गर्न लागि परेको बताएका छन्।

रेड नोटिस जारी भएका व्यक्ति पक्राउ गर्दाका बखत सम्बन्धित देशले रेड नोटिस जारी गर्ने प्रहरी कार्यालयलाई पक्राउ गर्नुको आधार र कारण माग्दछ। जीबी राईको हकमा नेपाल प्रहरीसँग पक्राउ परेको भनिएको देश सिंगापुरले आज बिहानसम्म कुनै आधार कारण मागेको छैन। 'व्यक्ति लोकेट भइसकेपछि पक्राउ पर्नुको कारण के हो भनेर सोध्ने गर्दछ नेपाल प्रहरीलाई योबारे जानकारी छैन,' प्रहरी प्रधान कार्यालयको श्रोतले भन्यो।

राई समूहले पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था, नेपालगन्जमा समनता बचत तथा ऋण सहकारी संस्था, चितवनमा सहारा चितवन बचत तथा ऋण सहकारी संस्था, वीरगन्जमा सोना पाइला बचत तथा ऋण सहकारी संस्था चलाएको थियो।

काठमाडौंमा हाम्रो नयाँ कृषि सहकारी संस्था, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लगायत पनि राई समूहबाटै सञ्चालन भएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर