नेभिगेसन मेनु

चिनियाँ जर्नेलको टोली नेपाल आउँदै
सम्पादक:南亚网络电视
समय:2024-02-29 13:11

Untitled_design_3_Nr6qlyzO5f

चिनियाँ जनसेनाका मेजर जनरल नेपाल आउन लागेका छन् । अन्तर्राष्ट्रिय सैन्य सहयोग कार्यालय (सिएमसी) उपप्रमुखको जिम्मेवारीमा रहेका चाङ पाओछुनको नेतृत्वमा छ सदस्यीय टोली अर्को शनिबार फागुन २६ गते काठमाडौं आइपुग्ने कार्यक्रम छ । 

कतारको राजधानी दोहा हुँदै मार्च ९ तारिख दिउँसो कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ बाट पौने ५ बजे नेपाल आइपुग्ने टोलीमा वरिष्ठ कर्नेलहरु छन पेइलिङ,सङ लिसिङ,लि यिङफङ, वरिष्ठ क्याप्टेन वाङ कुओचङ र सि सिआङयाङ रहनेछन् ।

चार दिनको भ्रमणपछि टोलीको २९ गते मंगलबार राति सिंगापुर हुँदै स्वदेश फर्कने कार्यक्रम छ । त्यसअघि नेपाली सुरक्षा निकायहरुको क्षमता अभिवृद्धिलगायत विषयमा अधिकारीहरुसँग छलफल गरिने बुझिएको छ ।

सोही भ्रमणको तयारीस्वरुप काठमाडौंस्थित चिनियाँ दूतावासका कन्सुलर वाङले नेपालका सबै सुरक्षा निकायका प्रमुखहरुसँग भेटवार्ता गर्ने कार्यतालिका बनाइएको छ । आज ११ बजे राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासँग चिनियाँ कन्सुलरले भेट गर्न लागेको बुझिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर