नेभिगेसन मेनु

अमेरिकी सहायक मन्त्री अहिले आउने,जर्नेल टोली बेलुकी फर्कंने
सम्पादक:南亚网络电视
लेखक:जनआस्था
समय:2024-02-26 13:04

asd_ZXc2WA2NCU

अमेरिकी अधिकारीहरुको नेपाल आउजाउ निकै बाक्लिएको छ । सोही क्रममा आज बिहान उपसहायक मन्त्रीको टोली आउँदै छ भने अस्ति आएको जर्नेल नेतृत्वको टोली साँझ फर्कंदै छ । 

दक्षिण तथा मध्य एशियाका लागि उपसहायक मन्त्री अफ्रिन अख्तर बिहान साढे ११ बजे काठमाडौं आइपुग्दै छिन् । उनी ढाकाबाट विमान बंगलादेशको उडानमा काठमाडौं आउने कार्यक्रम छ । 

अस्तिदेखि काठमाण्डौमा रहेका इण्डो प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल जोन सी अक्विलिनो भने साँझ ५ बजे फर्कंदैछन् । वायुसेनाको विशेष विमानमा अक्विलिनो श्रीमतीसहित १७ जनाको टोली लिएर अस्ति साँझ आइपुगेका थिए ।

 

उनले काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा जारी शान्ति प्रयास ४ अभ्यासको हिजो निरीक्षण तथा अवलोकन गरेका थिए । अभ्यासमा नेपाल,अमेरिकासहित १९ राष्ट्रका सैनिक सहभागी छन् । हिजै उच्चस्तरीय भेटघाटमा सहभागी भएका उनी आज फर्कने कार्यक्रम छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर