नेभिगेसन मेनु

एअर इण्डियाको विमानमा टायर पड्क्यो, चाइना साउदर्नको विमान ओभरसुट
सम्पादक:南亚网络电视
लेखक:जनआस्था
समय:2024-02-04 13:58

a_MOFVXWS21a

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीतर्फ उड्न ठिक्क परेर रन वेमा पुगेको एअर इण्डियाको विमानको टायर पड्केको छ । गए राति साढे १० बजे एअर इण्डियाको उडान नम्बर एआई २१२ विमान १६९ जना यात्रु बोकेर त्यसतर्फ जान लागेको थियो । 

रन वेमा पुगेर टावरको अनुमति लिने क्रममा विमानको टायर पड्केको हो । झण्डै आधा घण्टासम्म विमान रन वेमा अड्किएपछि उडान र अवतरण प्रभावित भएको विमानस्थल कार्यालय स्रोतले बताएको छ ।

उक्त समयमा ग्वाङ्चौबाट काठमाडौं आइरहेको चाइना साउदर्नको विमान अवतरण गर्ने क्रममा थियो । रन वेमा एअर इण्डियाको विमान अड्किएपछि चाइना साउदर्नको विमानले ओभरसुट गरेको हो । उक्त विमानलाई रन वेबाट हटाएपछि ११ बजे चाइना साउदर्नको विमान सकुशल अवतरण गरेको थियो । 

एअर इण्डियाका नयाँ दिल्ली जान लागेका यात्रुलाई भने राजधानीका विभिन्न होटलमा लगेर राखिएको छ । उनीहरुलाई मध्यराती होटल सोल्टी, र्याडिसनलगायतमा राखिएको र आज उडाइने बताइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर