नेभिगेसन मेनु

सरकारलाई दबाब दिने कार्यक्रमबारे चिनियाँ राजदूतलाई रविको बृफिङ्ग
सम्पादक:南亚网络电视
लेखक:जनआस्था
समय:2024-01-11 17:44

rabi_IX5UcagYUD

पूर्वमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपालका लागि चिनियाँ राजदूत छन् सोङसँग भेटवार्ता गरेका छन् । 

आज वनस्थलीस्थित रास्वपा मुख्यालयमा भेटवार्ता भएको हो । भेटमा सो पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल,पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीलगायतको सहभागिता रहेको जनाइएको छ । 

रास्वपाले सम्पन्न गरेको ३ दिने दबाब यात्रा, पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रमका बारेमा राजदूत सोङसँग कुराकानी भएको सांसदसमेत रहेकी डाँगीले जानकारी दिएकी छन् ।  

सो सडक निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको तथा थप ढिलाइ नहुन चालिनुपर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भएको पनि उनले बताइन् । 

आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत साेङले प्रतिबद्धता जनाएको बताइएको छ । नारायणगढ-बुटवल सडक खण्ड स्तरोन्‍नतिको काम चिनियाँ ठेकेदार कम्पनीले गरिरहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर