नेभिगेसन मेनु

भारतीय पर्यटकका लागि रकमको सीमा बढाउन माग
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-11 13:06

tourist-a

पुस २६ गते । लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीले भारतीय पर्यटक आउँदा साथमा ल्याउने रकमको दायरा बढाउन माग गरेका छन् । सरकारी नियम अनुसार एक जना भारतीय पर्यटकले २५ हजार भारतीय रुपियाँ (भारु) मात्र ल्याउन पाउँछन् । जसले गर्दा भारतीय पर्यटकले चाहेर पनि यहाँ धेरै रकम खर्च गर्न पाइरहेका छैनन् । 

पर्यटन व्यवसायी श्रीचन्द गुप्ताले सरकारी अव्यावहारिक नियमले भारतीय पर्यटकलाई हैरानी भइरहेको बताउनुभयो । घुम्न आए पर्यटकले मनलाग्दी खर्च गर्न पाउने प्रावधानसमेत नभएका कारण समस्या भइरहेको उहाँले बताउनुभयो । 

कम्तीमा एक लाख भारुसम्म बोकेर आउन दिनुपर्ने व्यवसायीहरूको माग छ । यसबारे प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई ध्यानाकर्षण गराइसकेको उहाँले बताउनुभयो । बाँकेको नेपालगन्जका पर्यटन व्यवसायी श्रीराम सिग्देलले पुरानै नियमले भारतीय पर्यटक पीडित बनेको बताउनुभयो । उहाँका अनुसार पहिले २५ हजार भारुले घुमफिर गर्न पुग्थ्यो । अहिले त्यति रकमले एकदिन पनि नधान्ने बताउँदै उहाँले पर्याप्त रकम बोकेर आउन नपाउँदा भारतीय पर्यटकले मनग्गे खर्च गर्न नपाएको बताउनुभयो । रुपन्देहीको भैरहवाका पर्यटन व्यवसायी सञ्जय बजिमयले भारतीय पर्यटकले नेपाल आउँदा २५ हजार भारतीय रुपियाँ (भारु) मात्र नगद बोकेर आउन पाउने नियमले कठिनाइ भइरहेको बताउनुभयो । त्यसबाहेक पोखरा, चितवन, काठमाडौँ र मुक्तिनाथसम्म भारतीय पुगिरहेका छन् । उनीहरूले बोकेर ल्याउने नगद रकमको दायरा साँघुरो भएकाले समस्यामा पर्ने गरेको बजिमयले बताउनुभयो ।

आन्तरिक र भारतीयलाई पर्यटकको सूचीमा नराखेका कारण धेरै झन्झट बेहोर्नु परिरहेको उहाँले भनाइ छ । उहाँले नेपालबाट चीन र भारतमा असीमित मुद्रा पठाउन मिल्ने भए पनि उताबाट यहाँका लागि सीमित मुद्रा मात्र बोकेर ल्याउन र पठाउन मिल्ने बनाइएकाले दुःख पाइरहेको बताउनुभयो । उहाँले राजमार्ग भद्रगोल रहेको अवस्थामा ठाउँ ठाउँमा भारतीय पर्यटकलाई रोकेर चेकिङका नाममा दुःख दिने गरिएकाले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश जान नसकेको बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर