नेभिगेसन मेनु

युगान्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-19 12:58

WhatsApp-Image-2024-01-19-at-5.48.01-AM

संलग्न राष्ट्रहरूको आन्दोलन ९नाम० को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगान्डाको कम्पाला आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युगान्डामा रहेका नेपालीहरूसँग भेट गर्नुभएको छ।

भेटघाटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो युगान्डा भ्रमण पहिलो भ्रमण रहेको बताउँदै यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, “युगान्डामा मेरो पहिलो भ्रमण हो। तपाईँहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईँहरूले केही कुरा उठाउनुभयो। ती महत्त्वपूर्ण छन्। हिजो मात्रै मैले भिजिट भिसाका बारेमा केही महत्त्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ।”

“विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन सक्दैन। विदेशमा रहेका नेपालीहरूका दुख कष्ट बुझ्ने अवसर पनि पाएँ” प्रधानमन्त्रीले भन्नुभयो, “अफ्रिकामा रहेका नेपालीहरू ।” कार्यक्रममा परराष्ट्र मन्त्री एनपी साउदले युगान्डामा रहेका नेपालीहरूले देशको अवैतनिक राजदूतका रूपमा काम गरिरहेको बताउँदै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न अपिल गर्नुभयो।

कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ युगान्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताउनुभयो। सो कार्यक्रममा गैर आवासीय सङ्घका युगान्डाका संरक्षक रमेश कँडेलले युगान्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको, विगत ३० वर्षदेखि नेपालीहरूले युगान्डाको विकास निर्माण र व्यापार व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताउँदै युगान्डामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी गराउनु भएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर