नेभिगेसन मेनु

श्रीलङ्काको दक्षिणी क्षेत्रमा गोली चल्दा पाँच जनाको मृत्यु
सम्पादक:南亚网络电视
लेखक:रासस/सिन्ह्वा
समय:2024-01-22 17:09

Srilanka-Flag

माघ ८ गते । श्रीलङ्काको दक्षिणी प्रान्त बेलियाटामा सोमबार बिहान भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता निहाल थाल्दुवाले दक्षिणी द्रुतमार्गको बेलियाटा इन्टरचेन्ज नजिकै उक्त घटना भएको बताउनु भएको छ । चार जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ताले जनाकारी दिनु भएको छ ।

उक्त घटना लीबारी स्थानीय समय अनुसार बिहान ७ः४५ बजे भएको थियो । गाडीमा यात्रा गरिरहेको अज्ञात समूहले जिपमा रहेको अर्को समूहमा गोली चलाउँदा सो घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले सो गोली प्रहार सङ्गठित आपराधिक समूहले गरेको हुन सक्ने आशङ्का गरेको छ । श्रीलङ्काले डिसेम्बर १७ देखि लागू औषध ओसारपसार र सङ्गठित आपराधिक गतिविधिलाई रोक्नका लागि अभियान विशेष सुरु गरेको छ । सो अभियानमा गत हप्तासम्म ४० हजारभन्दा बढी संदिग्धहरूलाई पक्राउ गरिएको छ । 


 
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर