नेभिगेसन मेनु

सडक सञ्जालसँग जोडिँदै गुर्जा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-21 12:22

Lulang-–gurja-sadak-news-photo

माघ ७ गते । म्याग्दीको विकट बस्ती धवलागिरि गाउँपालिका–१, गुर्जालाई सडक सञ्जालसँग जोड्ने लुलाङ–गुर्जा सडक योजना कार्यान्वयन थालिएको छ । उक्त सडक योजनाका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकार, प्रदेश र गाउँपालिका गरी करिब छ करोड रुपियाँ बजेट खर्च गरिने भएको हो । लुलाङदेखि गुर्जासम्म करिब ३० किलोमिटर दुरी पर्दछ । सडक योजना अघि बढेपछि गुर्जावासीमा मोटर चढ्ने आशा पलाएको छ । 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले सडक योजनाका लागि सङ्घीय सरकारको समपूरक अनुदान, गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट र गाउँपालिकाको दुई दुई करोड गरी छ करोड बजेट विनियोजन भएको जानकारी दिनुभयो । 

पालिकाका सबइन्जिनियर लोकेन्द्रबहादुर रावलले योजना कार्यान्वयनका लागि ठेक्का लगाउन सूचना प्रकाशित गरी मूल्याङ्कनको चरणमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार प्राप्त भएको बजेटबाट सातदेखि आठ किलोमिटर दुरीसम्म सडकको ट्र्याक खोलिने छ । उहाँले भन्नुभयो, “लुलाङ–गुर्जा सडक योजना अन्तर्गत अहिले लुलाङ र गुर्जाको सीमामा रहेको देउरालीडाँडासम्म १० किलोमिटरसम्म मात्र डिपिआर गरेका छौँ । देउरालीडाँडासम्म सडक पुगेपछि त्यहाँबाट अगाडिको डिपिआर गर्द छौँ । लुलाङदेखि गुर्जासम्म करिब ३० किलोमिटर दुरी छ ।” 

गाउँपालिका केन्द्रदेखि वडा नम्बर २ लुलाङसम्म अहिले सडक विस्तार गरिएको छ । लामो दुरी, कडा भिरपहरा र जङ्गल भएकाले गुर्जामा सडक पु¥याउन धेरै बजेट खर्च हुने भएकाले चुनौती भए पनि पालिकाले पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको  गाउँपालिकाका उपाध्यक्ष रेसम पुनमगरले बताउनुभयो । उहाँले भन्नुभयो, “अब केही वर्षभित्रमा जसरी पनि गुर्जामा सडक पु¥याउँछौँ ।” 

म्याग्दीका सबै वडामा सडक सुविधा पुगेको छ । अब गुर्जामा पनि सडक विस्तार गर्नु पर्दछ । त्यसका लागि पालिकाले प्राथमिकतामा राखेर प्रदेश, सङ्घ र पालिकाले बजेट विनियोजन गरेको उहाँको भनाइ छ । आगामी वर्षमा पनि प्रदेश र सङ्घ सरकारले बजेटको आकारमा वृद्धि गर्दै निरन्तरता दिए केही वर्षभित्रमै गु्र्जामा सडक पुग्ने उहाँले बताउनुभयो । पालिकाको स्रोतसाधनले मात्र गुर्जामा सडक विस्तार गर्न नसकिने भएकाले सङ्घीय र प्रदेश सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने उहाँको भनाइ छ । 

गुर्जावासी अहिले आठ घण्टा पैदल हिँडेर पालिका केन्द्र मुनामा सेवा लिन आउने गरेका छन् । खाद्यान्नलगायतका दैनिक उपभोग्य सामग्री घोडा र खच्चडबाट ढुवानी गर्दा महँगोमा उपभोग गर्न बाध्य छन् । जिल्लामा गुर्जाबाहेक अन्य वडा सडक सञ्जालसँग जोडिएका छन् ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर