नेभिगेसन मेनु

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-25 13:21

bus-and-bike-accident

पुस ९ गते । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार बिहान बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले मृत्यु हुनेमा मोटरसाइकलमा सवार दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राई र अर्को एक जना पुरुष रहेको जानकारी दिनुभयो । मृतक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक सिलवालले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर