नेभिगेसन मेनु

भ्रष्टाचार बढ्नुमा मुख्य दोषी राजनीतिक नेतृत्व : मुख्यमन्त्री जम्कट्टेल
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-09 14:01

ABC-01

मङ्सिर २३ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचार बढ्नुमा मुख्य दोषी राजनीतिक नेतृत्व रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बागमती प्रदेश हेटौंडा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाको संयुक्त आयोजनामा भएको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै राजनीतिक नेतृत्वले निष्पक्ष, पारदर्शी, स्वार्थरहित ढंगले काम गर्न नसक्दा भ्रष्टाचार मौलाउदै गएको आरोप लगाउनुभयो । 

नेपालमा भ्रष्टाचार संस्कारको रुपमा विकसित हुँदै गएको जिकिर गर्दै राणशासन, राजाहरुको शासन अहिले सम्म आइपुग्दा त्यही परम्परा विकसित हुँदै गएको उहाँको भनाई छ । ‘ठुलो हुनै पर्ने, पैसा कमाउनै पर्ने, घर बनाउनै पर्ने, गाडी चढ्नै पर्ने र राजनीतिक संरक्षणले भ्रष्टाचार बढ्दै गएको छ,’ मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो ।

राजनीतिक नेतृत्व हिजोको संस्कारबाट मुक्त भएमात्रै त्यो देखेर जनता, कर्मचारीतन्त्र, सुरक्षा निकाय भ्रष्टाचार कम हुने विश्वास व्यक्त गर्नुभयो । जहाँ जहाँ जसजस्ले भ्रष्टाचार गरेका छन, सरकारमा रहँदा, सरकारबाहिर हुँदा सबै राजनीतिक नेतृत्वलाई खबरदारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

कर्मचारीप्रति लक्षितगर्दै मुख्यमन्त्रीले नहुने कामलाई पनि कर्मचारीले हुन्न भन्न नसक्दा भ्रष्टाचार बढेको जिकिर गर्दै नहुने काम कुनैपनि राजनीतिक नेतृत्वको दबाबमा नगर्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो । गलत काम हुँदा प्रदेश, मन्त्री सबै बदनाम हुने र जनतामा पनि निराशा बढ्ने भएकाले कर्मचारीलाई भ्रष्टाचार हुने काम नगर्न आग्रह गर्नुभयो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अहिले तर्साउने हतियार भएको छ, कसैसंग रिस उठेपनि बेनामे मुद्दा हाल्ने प्रबृत्तिले आम जनताले दुःख पाईरहेको उहाँको भनाइ छ । जनताले दुख पाउँदा यस्ता व्यवहारले अहिले व्यवस्था माथि प्रश्न उठिरहेको बताउँदै अख्तियार पनि निष्पक्ष भएर उजुरीहरुको सत्य, तथ्य छानबिन गरेर निवेदन लिनुपर्ने तर्क गर्नुभयो । 

राज्यका कुनैपनि निकाय बदला लिने हतियार बन्न नहुने बताउँदै मुख्यमन्त्रीले अख्तियारको दुरुपयोग गरेर कसैलाई अन्याय, अत्याचार गर्न नहुने स्पष्ट पार्नुभयो । जनताको सेवाका लागि राज्य भएकाले पहुँच नभएका, गरिब, अशिक्षित र कमजोर वर्गका लागि सरकार हुनुपर्नेमा उहाँले जोडदिनुभयो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका प्रमुख नरहरि घिमिरेले कार्यालयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको सभाध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, प्रदेशका सचिव, कर्मचारी, नेपाली सेना लगायतकाको सहभागिता रहेको थियो । 

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर