नेभिगेसन मेनु

कोदो खरिद गरी सङ्कलन सुरु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-22 12:53

Kodo-News-@-Makawanpur3

पुस ६ गते । कोदोको पिठो ब्रान्डिङ गरी बिक्री गर्दै आएको मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको एक सहकारी संस्थाले स्थानीय कृषकहरुबाट उत्पादित कोदो खरिद गरी सङ्कलन गर्न सुरु गरेको छ ।

व्यावसायिक रुपमा कोदो सङ्कलन, पिसानी र बिक्री गर्दै आएको मकवानपुरगढी गाउँपालिका वडा न. ४ कालीखोलास्थित अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्था लिमिटेडले पालिका क्षेत्रमा उत्पादित कोदो खरिद गरी सङ्कलन गर्न सुरु गरेको हो ।

गाउँपालिकाबाट निर्धारण गरिएको मूल्यमा सहकारी संस्थाले कोदो खरिद सुरु गरेको छ ।

सहकारीका अध्यक्ष दिलबहादुर योन्जनले पालिकाले निर्धारण गरेको मूल्यमा अनुदान रकमसमेत थप गरी प्रति केजी ६० रुपियाँमा कोदो खरिद गरिएको जानकारी दिनुभयो । कोदो सङ्कलनको पहिलो दिन ११ जना कृषकबाट एक हजार पाँच सय केजीभन्दा बढी खरिद गरिएको थियो ।

सहकारी संस्थालाई पहिलो दिन बिक्री गर्ने किसानमध्ये मकवानपुरगढी ४ का कृषक सुकुमबहादुर घलानले पाँच सय केजी कोदो बिक्री गर्नुभएको सहकारीले जनाएको छ ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले कोदो बिक्रीका लागि आउनुभएका ८६ वर्षीय कृषक वीरबहादुर योन्जनलाई कोदोको मूल्य बराबरको चेक हस्तान्तरण गरी कोदो खरिद कार्यको सुरुवात गर्नुभएको थियो ।

उक्त सहकारी संस्थाले गाउँपालिकाको सहयोगमा गत वर्षदेखि कालीखोला ब्रान्डको कोदो पिठो प्याकिङ गरी बिक्री गर्दै आएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर