नेभिगेसन मेनु

चितवनमा कारको टायर पड्केर दुर्घटना हुँदा एकको मृत्यु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-23 12:31

death

पुस ७ गते । चितवनको कालिका नगरपालिकामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भरतपुरबाट कालिका नगरपालिकाको खोले सिमल जाँदै गरेको कारको अगाडिको टायर पड्केर अनियन्त्रित हुँदा चालकको मृत्यु भएको हो ।

कालिका नगरपालिका वडा नम्बर १ लंकालाइनमा भरतपुरबाट खोले सिमलतर्फ जाँदै गरेको बा ११ च ८७८९ नम्बरको कारको टायर पड्किदा अनियन्त्रित भई नालीमा पल्टिएको थियो ।

दुर्घटनामा परि  कार चालक काठमाडौँ महानगरपालिका ५ का विष्णु क्षेत्रीको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । क्षेत्रीको  चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर