नेभिगेसन मेनु

खोल्सी संरक्षण कार्यक्रमबाट २५ घरधुरी लाभान्वित
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-12 12:44

sdfnhsfg

मङ्सिर २६ गते । क्षति व्यवस्थापनका लागि सञ्चालन गरिएको मर्‍याङ खोला खोल्सी संरक्षण कार्यक्रमबाट नगरका २५ घरधुरी लाभान्वित भएका छन् ।  

गत वर्ष साउन २२ गते भएको वर्षा र रिचार्ज पोखरी फुटेर पुर्‍याएको क्षति व्यवस्थापनका लागि युएसए आइडी तयार नेपाल परियोजना र भीमेश्वर नगरपालिकाको संयुत लगानीमा भएको सो खोल्सी संरक्षण कार्यक्रमबाट दलित १३ सहित २५ घरधुरी लाभान्वित भएका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति एवं नगरका इन्जिनियर सुरेश राउतले जानकारी दिनुभयो । 

उहाँका अनुसार परियोजनाको एक करोड १३ लाख र नगरको २० लाख रुपियाँमा काम सम्पन्न भएको हो । नगरपालिकाको वडा नम्बर २ र ३ मा पर्ने चम्के डाँडाको १५० मिटर खोल्सी दुवैतर्फ तार जाली जगाएर संरक्षण गरिएको छ । यो कार्यक्रमले ती घरधुरीका साथै तल्लो र माथिल्लो सडक पनि संरक्षण भएको छ । अब बाढी र पहिरोबाट बस्ती सुरक्षित बनेको छ । यसका अतिरिक्त त्यो खोल्सीमा नगरले थप काम गरिरहेको छ । 

२०७९साल साउन २२ गते राती वर्षसँगै रिचार्ज पोखरी फुटेर चार घर बगाएको र अरू घर जोखिममा परेका थिए । वर्ष भइरहेका बेला सुख्खा याममा सिँचाइका लागि निर्मित ३० मिटर चौडाइ ७५ मिटर लम्बाइ र दुई मिटर गहिराइको रिचार्ज पोखरी फुटेको पानीको बेगले आएको पहिरोले ज्यानको क्षति नभए पनि सयौँ रोपनी जग्गा बगाएको थियो । विस्थापितहरू अहिले पुरानै लयमा फर्कन थालेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर