नेभिगेसन मेनु

त्रिभुवन विमानस्थलबाट फेरि ६ किलो ५६५ ग्राम सुन बरामद
सम्पादक:南亚网络电视
समय:2023-12-10 14:28

ण

काठमाडौँ, मङ्सिर २४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो ५६५ ग्राम सुन बरामद भएको छ । भन्सार क्षेत्रबाट बाहिरिइसकेपछि प्रहरीको टोलीले सुन सहित दुई विदेशी नागरिकलाई समेत पक्राउ गरेको  विमानस्थल प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिनुभयो । 

ज्याकेटको जोगीमा बिस्कुट जस्तो गरी डल्लो बनाइ ल्याइएको अवस्थामा सुन सहित इजिप्ट र सुडानका नागरिक पक्राउ गरिएको उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । 

डिआइजी चन्दका अनुसार उनीहरु शनिवार राती ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरू काठमाडौँ आएका थिए । बिहीबार राती १४ किलो सुन सहित एक जनालाई पक्राउ गरिएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर