नेभिगेसन मेनु

भूकम्पपीडितका लागि प्रमुख निर्वाचन आयुक्त र आयुक्तले सात दिनको पारिश्रमिक दिने
सम्पादक:南亚网络电视
समय:2023-11-29 16:16

ण

काठमाडौं, मङ्सिर १३ गते । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले सात दिनको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रका जनताको राहत र उद्धारका लागि दिने निर्णय गरेको छ ।

आयोगको आज (बुधबार) बसेको बैठकले नेपाल सरकारबाट स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोग एवम् आयोगअन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरू मध्ये सचिव र सहसचिवहरूबाट तीन दिन, उपसचिव र शाखा अधिकृतहरूबाट दुई दिन र सोभन्दा तलका कर्मचारीहरूबाट एक दिन बराबरको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

साथै आयोगले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट मृत्यु भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको थियो भने  ३७२  जना घाइते भएका थिए ।

ज्ञ

ज्ञ

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर