नेभिगेसन मेनु

तिहारमा बिजुली जाँदैन ढुक्क भएर प्रयोग गर्नुस्: प्राधिकरण
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-10 14:02

bijuli-tar

कात्तिक २४ गते । तिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त हुने नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । आगामी शनिवारबाट तिहार सुरु हुँदै छ । तिहारको समयमा विद्युत् प्रवाहमा कुनै कमी नहुने भएकाले निर्धक्क भएर विद्युतीय सामग्रीको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ । 

विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार तिहारको लक्ष्मीपूजामा सबैभन्दा बढी विद्युतकाे माग हुने गरेको छ । उहाँका अनुसार सबैभन्दा पिक माग भनेको एक हजार दुईदेखि एक हजार दुई सय पचास मेगावाटसम्म माग खपत हुने गरेको छ । उत्पादन एक हजार ८०० मेगावाटसम्म भइरहेकाले तिहारको माग पूर्णरूपमा धान्न सक्ने उहाँको भनाइ छ ।  

प्राधिकरणका प्रवक्ता भट्टराईले भन्नुभयो, “तिहारमा सबैभन्दा बढी माग १२०० देखि १२५० मेगावाटसम्म हुने गरेको छ । विद्युत् उत्पादन क्षमता १८०० मेगावाट भएकाले माग धान्न सकिन्छ । पूर्णरूपमा निर्धक्क भएर बत्ती बाल्दा हुन्छ ।” अहिले दैनिक एक हजार ५० मेगावाट मात्र विद्युतकाे खपत भएको छ । उहाँले भन्नुभयो, “प्राधिकरण धेरै विद्युत् खपत होस् भन्ने चाहन्छ, तिहार मनाउनका लागि बत्ती बाल्न कन्जुस्याइँ गर्नुपर्दैन ।”

घरमा विद्युत् खपत गर्दा उच्च गुणस्तरको एमसिबी प्रयोग गर्न पनि उहाँको आग्रह छ । धेरै बत्तीको लोडले गर्दा एमसिबी बन्द भइरहने भएकाले यसतर्फ पनि सोच्नुपर्ने उहाँको  सुझाव छ । 

केही दिन अवरोध 

विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य भएको जनाए पनि अहिले बिच–बिचमा झ्यापझ्याप बत्ती जाने गरेको छ । पूर्व सूचना बिना नै बिच–बिचमा विद्युत् अवरोध हुँदा कार्यालयहरूको काम प्रभावित भएको छ  भने उपभोक्ताहरू हैरानीमा परेका छन् । उपभोक्ताहरूले अघोषित रूपमा लोडसेडिङ गरेको आरोप लगाइरहेका छन् । 

नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका प्रमुख प्रज्वलमान श्रेष्ठका अनुसार  केही स्थानहरूमा तिहार र जाडो यामका लागि मर्मतसम्भार गर्नुपर्ने हुँदा केही समय विद्युत् अवरोध भएको साँचो हो । उहाँले भन्नुभयो, “तिहारको समय र जाडो यामका लागि केही स्थानमा भोल्टेज बढाउनका लागि मर्मत गर्नुपर्ने भएकाले अवरोध भएको छ । शनिवारबाट यो कार्य सकिन्छ ।” 

अबका दिनहरूमा माग बढी हुने र माग धान्नका लागि गुणस्तरीय उपकरणहरू राख्नुपर्ने भएकाले मर्मत गर्दा केही समय विद्युत् अवरुद्ध हुने गरेकाे उहाँको भनाइ छ । बिहान ७ बजेदेखि १० बजेको समयमा मात्र केही दिन यता विद्युत् अवरोध भएको उहाँ बताउनुहुन्छ । 

केही स्थानमा अनुमतिबेगर नै सडक बत्ती बालियो

काठमाडौँ उपत्यकाका सडकहरूमा बालिरहेका अधिकांश तिहारलक्षित बत्ती विद्युत् प्राधिकरणको अनुमति बिना नै बालेको पाइएको छ । रत्नपार्क वितरण केन्द्रका प्रमुख श्रेष्ठका अनुसार उपत्यका सडकमा बालिएका यी बत्तीहरू अनुमतिबेगर बालिरहेका छन् । अहिले न्यूरोड,मैतीदेवी, दरबारमार्ग लगायतका ठाउँमा तिहारलक्षित झिलिमिली बत्तीहरू राखिएको छ । 

यी सबै ठाउँमा  जडित बत्तीहरू प्राधिकरणको अनुमतिबेगर राखिएको हो । श्रेष्ठले भन्नुभयो, “सडकमा तिहारलक्षित बत्तीहरू जडान गर्दा प्राधिकरणसँग अनुमति लिएर मात्र गर्नुपर्ने हो । तर अनुमतिबेगर राख्नुभएको छ । हटाऊँ भने तिहारको समयमा स्थानीयले अवरोध गर्छन् । लाचार भएका छौँ ।” 

अनुगमनका क्रममा केही स्थानमा घरको मिटरबाट जडान गरेको भेटिए पनि अधिकांशको भने अनधिकृत रूपमा जडान गरेर बालेको पाइएको छ । जसका कारण आगलागीको जोखिम हुने उहाँ बताउनुहुन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर