नेभिगेसन मेनु

सात वर्षदेखि पुल अलपत्र
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-19 12:34

Untitled-1

मङ्सिर ३ गते । दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानामा रहेको तामाकोशी नदीमा पक्की पुल बनाउने काम अलपत्र परेको छ । २०७३ सालमा आठ करोड ४५ लाख १० हजार रुपियाँमा ठेक्का सम्झौता भएको यो पुल यस क्षेत्रको मुख्य राजमार्ग लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत पर्छ । फुटपाथसमेत ११ मिटर चौडाइ र ७५ मिटर लम्बाइको यो पुल पिल्लर उठाएर छोडिएको छ । 

यस क्षेत्रका चार वटा स्थानीय तहलाई सदरमुकामसम्म जोड्ने र आधा दर्जन जलविद्युत् आयोजनाको सामान ढुवानी हुने यो राजमार्गमा पक्की पुल नबन्दा अहिले जीर्ण अवस्थामा रहेको पुरानो पुलबाटै यातायात सञ्चालन गर्नुपर्ने बाध्यता छ । आयु सकिसकेकाले जीर्ण पुल कुनै पनि बेला ढल्न सक्ने जोखिम छ । 

दोलखा जिल्लाको सदरमुकाम चरीकोट हुँदै मैनापोखरी, जिरी, तामाकोशी, रामेछापको सदरमुकाम मन्थली ओहोरदोहोर गर्ने तामाकोसी पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले सात वर्षदेखि पुललाई अलपत्र पारेको स्थानीय राजनकुमार दाहालले बताउनुभयो । निर्माण कम्पनीले हालसम्म पुलको जग र पिल्लरबाहेक अन्य संरचना बनाउन सकेको छैन । दाहालले भन्नुभयो, “चरीकोट–जिरी सडकसँगै निर्माण होला कि भन्ने आशा गरेको पुल सडक निर्माण सकिएको तीन वर्ष बितिसक्दा पनि अझै अलपत्र अवस्थामा छ । २०७४ सालमा ठेक्का सम्झौता भएको चरीकोट–जिरी ५५ किलोमिटर सडक २०७८ सालमै निर्माण सम्पन्न भयो । सडकभन्दा ठिक एक वर्षअघि ठेक्का सम्झौता भएको पुल अझै निर्माण हुन नसक्दा जोखिम मोलेरै ठुला सवारीसाधन ओहोरदोहोर गराउनु परेको छ ।” 

करिब ४० वर्षअघि चरीकोट–जिरी सडक निर्माण गर्दा बनाएको पुरानो पुल अहिले चारैतिरबाट चिरा परेर जीर्ण अवस्थामा पुगेको छ । पुरानो पुल जीर्ण अवस्थामा पुग्दासमेत ठेकेदार कम्पनीले पुल निर्माण गर्न चासो नदिएको स्थानीय डम्बर चौलागाईंले दुःखेसो पोख्नुभयो  । भीमेश्वर नगरपालिका हुँदै वैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिका, जिरी नगरपालिका र गौरीशङ्कर गाउँपालिकासमेत ओहोरदोहोर गर्ने मुख्य नदीको पुल निर्माण गर्न ठेकेदारसँगै जिल्लाका राजनीतिक दल र प्रदेश तथा सङ्घीय सरकार र सडक डिभिजन कार्यालयले समेत चासो नदेखाएको स्थानीयको गुनासो रहेको छ । कोरोना महामारीबाट पुल निर्माण प्रभावित बनेको भन्दै दुई पटक समय थप गरिदिँदासमेत अझै पुल निर्माण हुन सकेको छैन । ठेकेदार कम्पनी मिलगिरी नेसनल जेभी सम्पर्कविहीन छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर