नेभिगेसन मेनु

रत्नपार्कमा काग सम्मेलन
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-11 14:01

kag

कात्तिक २५ गते । काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकामा २० औँ ‘काग सम्मेलन’ गरिएको छ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नपार्कस्थित शान्ति वाटिकामा आज बिहान काग बोलाएर २० औँ काग सम्मेलन गरिएको हो । 

सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पार्नुभएको थियो । दुलालले कागको स्वर निकालेर बोलाउनुभएपछि कागहरू उहाँको आवाज भएको ठाउँसम्म आइपुगेका थिए । दुलालले विगत १९ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आउनुभएको छ । काग तिहारको दिनमा यमराजको सन्देशवाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन छ । काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यस वर्ष कागहरू धेरै नआएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ अहिले काग लोप हुँदै गइरहेको छ, त्यस कारणले पनि सोचेको जति सङ्ख्यामा आएनन् । २० औँ काग सम्मेलन राम्रै रह्यो । काठमाडौँमा गरेको १३ वर्ष भयो । कागसँग घनिष्ठ सम्बन्ध छ ।’ कलाकार दुलालले काग सम्मेलनको अवसरमा कागको शुभ सङ्केत दिँदाको स्वर र अशुभ सङ्केत दिँदाको स्वर निकालेर सुनाउनुभएको थियो ।

यमपञ्चक (तिहारको पाँच दिन) मा क्रमशः काग, कुकुर, गाई, गोरु र आफ्ना दाजुभाइको पूजा गरिन्छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरी पाँच दिन मनाइन्छ । यसको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ । हिन्दु धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरूको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वी लोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता छ । आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजा नसक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत बनाएको धार्मिक विश्वास छ । त्यसैले काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभर आफ्नो घरमा दुःखद सन्देश ल्याउँदैन भन्ने विश्वास छ ।

यस्तै काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास छ । त्यसैले काग तिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । यस दिनमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर पात या दुना, टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ । कागको पूजाआजा गर्दै आउँदो वर्षभर कागले आफ्नो घर आँगनमा राम्रो र सुखद खबर मात्रै ल्याओस् भनेर कामना गरिन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर