नेभिगेसन मेनु

२१ लाख ८७ हजार सहित एक वालक पक्राउ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-01 11:27

ADXFgb

कात्तिक १५ गते । मोरङ प्रहरीले विराटनगरको मुख्य बजार क्षेत्रबाट अवैध रूपमा ल्याइएको २१ लाख ८७ हजार रुपैयाँ बरामद गरेको छ । विशेष सूचनाका आधारमा मङ्गलवार अपराह्न प्रहरीले एक बालकको नगद सहित पक्राउ गरेको हो । 

हुन्डी कारोबारीले ती बालकलाई प्रयोग गरेर रकम ओसार पसार गरेको प्रहरीले अनुमान गरेको छ । विराटनगर ६ स्थित शनि मन्दिर चोकबाट १६ वर्षे बालकको साथबाट उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ । 

मोटरसाइकलमा सवार बालकले पछाडि भिर्ने कालो ब्यागमा उक्त रकम बोकेका थिए । प्रहरीले मोटरसाइकलसहित बालकलाई पक्राउ गरेको जनाएको छ । बालकको साथबाट एक हजार रुपैयाँ दरको १६८७ थान अर्थात् १६ लाख ८७ हजार रुपैयाँ र ५०० रुपैयाँ दरको एक हजार थान अर्थात् ५ लाख रुपैयाँ बरामद गरेको हो । 

यस बाहेक प्रहरीले उनको साथबाट कुमारी बैङ्क लिमिटेडको एक थान चेक बुक, एनआइसी एसिया बैङ्कको काटिएको एउटा चेक, ग्लोबल आइएमई बैङ्कको विभिन्न मितिमा जम्मा गरिएको चार थान भौचर र प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल बरामद गरेको छ । 

प्रहरीले कुन कम्पनी, फर्म वा व्यक्तिको चेक बरामद गरेको हो भन्ने विषयमा खुलाएको छैन भने हुन्डी कारोबारमा संलग्न व्यक्तिको पहिचान पनि खुलाएको छैन । प्रहरीले अनुसन्धान पछि यथार्थ विवरण सार्वजनिक गर्ने जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर