नेभिगेसन मेनु

सितारामको स्वर र मुनालको शब्दमा रहेको ‘चित्त दुख्छ रे उनैको’ सार्वजनिक
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-16 18:41

Screenshot-(28)

काठमाडौं, असोज २७ गते । ‘चित्त दुख्छ रे उनैको’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा वरिष्ठ गायक सिताराम पोखरेलको सुमधुर स्वर रहेको छ । मुनाल शिशिर कोइरालाको शब्दमा रहेको यस गीतलाई सागर शरद अधिकारीले सङ्गीतबद्ध गर्नुभएको छ । सञ्जय श्रीपालको गीतमा सङ्गीत संयोजन रहेको छ ।

वैवाहिक सम्बन्धमा हुने सानो तिनो झगडा या मनमुटाबको कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्वयम् गायक पोखरेल र उषा उप्रेतीको अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाङ्कन गरेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गर्नुभएको हो ।

नवीन विष्ट सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘ओएस आर डिजिटल’ नामक युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर