नेभिगेसन मेनु

‘महाजात्रा’ को अन्तर्राष्ट्रिय प्रदर्शन बिक्री
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-13 16:44

Untitled-1

काठमाडौँ, असोज २६ गते । चलचित्र ‘महाजात्रा’ निर्माणअगावै विदेशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ । अस्ट्रेलियामा रहेर केही समययता नेपालबाहेक विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको एमएसएम इन्टरटेन्मेन्टका लागि वितरक छत्र थापाले ‘महाजात्रा’ को भारतबाहेक अन्य मुलुकमा प्रदर्शन अधिकार खरिद गर्नुभएको छ । 

वितरक थापाले प्रवासमा रहेका नेपाली दर्शकले निर्देशक प्रदीप भट्टराई, षट्कोण आर्ट्स, रवीन्द्र सिंह बानियाँलगायतको समूहलाई निर्धक्क विश्वास गर्ने भएकाले अहिलेसम्मकै महँगो मूल्य तिरेर प्रदर्शन अधिकार खरिद गरेको बताउनुभयो । 

थापाले जापान, हङकङ, न्युजिल्यान्ड, दक्षिण कोरिया, मध्यपूर्वका देशहरू, अस्ट्रेलिया, युरोपमा चलचित्र चैत ९ मा प्रदर्शन हुने तय भएकोे बताउनुभयो । आपत्कालीन आइपर्ने अवसर र त्यसको व्यवस्थापनले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । 

चलचित्रमा विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्कासँगै यस पटक हरिवंश आचार्य जोडिनुभएको छ । चलचित्रलाई म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नुहुने छ । प्रोडक्सन म्यानेजरमा रूपकप्रताप अधिकारी रहेको चलचित्रको छायाङ्कन दसैँलगत्तै सुरु हुने छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर