नेभिगेसन मेनु

दावा याङजुमद्वारा चोयु हिमाल आरोहण
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-10-03 13:54

thumb (1)

काठमाडौँ — दोलखा रोल्वालिङकी ३२ वर्षीया दावा याङजुम शेर्पाले सोलुखुम्बु जिल्लामा पर्ने चोयु हिमाल (८ हजार १ सय ८८ मिटर) अरोहण गरेकी छन् । दावाले यसअघि ८ हजार मिटरमाथिका १४ शिखरमध्ये १२ वटाको आरोहण गरिसकेकी छन् ।

‘मैले तिब्बती बाटो हुादै चोयु हिमाल आरोहण गरेकी छु,’ दावाले तिब्बतबाट फोनमा भनिन्, ‘८ हजारमाथिका सबै शिखर आरोहण गर्ने क्रममा यो मेरो तेह्रौं आरोहण रेकर्ड हो ।’

आफूले अब चीनतर्फ रहेको चौधौं शिखर सिसापाङ्मा (८ हजार २७ मिटर) शिखर चढ्ने योजना बनाएको दावाले बताइन् । एसिया क्षेत्रकै एकमात्र महिला अन्तर्राष्ट्रिय माउन्टेन गाइड बनेर चिनिएकी शेर्पाले नेसनल जियोग्राफीको टिम लिएर ३ पटक सगरमाथा आरोहण गरिसकेकी छन् ।

कुनै दिन हिमालमा शेर्पा नभेटिन पनि सक्छन् : दावा याङजुम शेर्पा

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर