नेभिगेसन मेनु

काठमाडौंबाट सुरु भयो कत्थक नृत्य
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-05 16:16

IMG_1414

काठमाडौं, असोज १८ गते । काठमाडौंबाट कत्थक नृत्यको प्रस्तुति शुभारम्भ भएको छ । असोज १६ गते बुधबारबाट काठमाडौंबाट उक्त नृत्यको प्रस्तुति शुभारम्भ भएको हो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठान, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं  तथा सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा भारतकी प्रतिष्ठित कत्थक नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्केको नेतृत्वमा तीन सदस्य कत्थक नृत्य समूहद्वारा कत्थक नृत्यहरुको प्रस्तुति छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले  प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा विगत ३५ वर्षदेखि शास्त्रीय नृत्यको कत्थक विधामा सक्रिय मुम्बई, भारत निवासी नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्केको नेतृत्वमा तीन सदस्यीय कथक नृत्य समूहद्वारा भगवान शिव, कृष्ण, दुर्गा, पशुपतिनाथ र तीन तालमा आधारित ६ वटा कत्थक नृत्यहरुको मनमोहक प्रस्तुति दिनुभएको थियो । उहाँलाई युवा कलाकार सुरवी सिन्त्रे र रसिका गांगलले नृत्यमा साथ दिनुभएको थियो ।

कुलपति निशा शर्माले सांस्कृतिक आदानप्रदानमार्फत नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंद्वारा संयुक्त रुपमा आयोजित कथक नृत्यको प्रस्तुति  कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंका निर्देशक डा. आसवरी बापटले संस्कृतिले भाइचारा र मेलमिलाप सिकाउने बताउँदै नेपाल र भारत सांस्कृतिक दृष्टिले समान रहेको बताउनुभयो ।

प्रमुख अतिथि राज्यमन्त्री सिर्पाली, पूर्व मन्त्री एवम् सङ्घीय संसद् सदस्य गिरीराजमणि पोखरेल, डा.आसवरी बापट, कुलपति निशा शर्मा एवम् सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक राईले संयुक्तरूपमा कलाकार समूहलाई खादा, रूद्राक्ष माला र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रष्तिष्ठानका उपकुलपति, सदस्य सचिव, प्राज्ञ परिषद् सदस्य, सभा सदस्य, पूर्व पदाधिकारीहरु, भारतीय दूतावासका प्रतिनिधि एवम् सङ्गीत, नृत्य, नाटक क्षेत्रका विशिष्ट स्रष्टा, सर्जक, कलाकार र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो ।

रञ्जना फड्केको समूहले नेपालका तीन स्थानमा कत्थक नृत्यको प्रस्तुतिहरु दिने कार्यक्रम रहेकोमा दोस्रो प्रस्तुति असोज १७ गते विराटनगरस्थित आरोहण गुरुकुलमा र तेस्रो प्रस्तुति १८ गते पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानमा प्रस्तुति दिने कार्यक्रम छ  ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर