नेभिगेसन मेनु

फुटबलर किरण चेम्जोङ बाबु बन्दै, कञ्चनले सार्वजनिक गरिन् बेबी बम्प
सम्पादक:南亚网络电视
समय:2023-10-10 14:50

Kiran-Chemjong

काठमाडौं । राष्ट्रिय फुटबल टीमका पूर्वकप्तान किरण चेम्जोङ बाबु बन्ने भएका छन् । उनकी पत्नी कञ्चन निरौलाले टिकटकमार्फत खुशीको खबर शेयर गरेकी हुन् ।

कञ्चनको टिकटक अकाउन्टमा उनको बेम्बी बम्पसहितका तस्वीर र भिडिओ देख्न सकिन्छ । उनले आफूहरुलाई सन् २०२४ मा सन्तान लाभ हुन लागेको जानकारी दिएकी छन् ।

‘हामी २०२४ मा हाम्रो सानो बच्चालाई स्वागत गर्दैछौं । हामीले जे कामना गरेका थियौं, त्यो पूरा भयो’, उनले लेखेकी छन् ।

किरण र एयरहोस्टेस कञ्चन गत वर्ष भदौ १५ गते विवाहबन्धनमा बाँधिएका थिए । डेढ वर्ष लामो प्रेमपछि उनीहरुले विवाह गरेका थिए ।

गत वर्ष किरण सहभागी माजिया स्पोर्ट्स एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले सेलिब्रेसनकै क्रममा टीमको सामुन्ने प्रेमिकालाई औंठी लगाइदिएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर