नेभिगेसन मेनु

प्रहरी हिरासतमा कुटिएको भन्दै थुनुवाले दिए उजुरी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-11 13:11

Kaidi_jail

वालिङ, असोज २४ गते । वडा प्रहरी कार्यालय वालिङमा थुनुवामाथि प्रहरी कर्मचारीबाट कुटपिट भएको घटना सार्वजनिक भएको छ। आफूहरूमाथि चरम यातना दिएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगमा उजुरी दिएपछि उक्त घटना सार्वजनिक भएको हो। 

गत भदौ २६ गते वालिङस्थित एक होटलमा भएको कुटपिट घटनामा संलग्न चार जनालाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो। सोही अवस्थामा आफूहरूमाथि यातना र कुटपिट भएको भनाइ उहाँको छ। 

आफूहरूलाई प्रहरी कार्यालयभित्रै हतकडी लगाएर प्रहरी कर्मचारीबाट चरम यातना र कुटपिट गरियो, बाहिर नबोल्न भनियो कुटाइबाट घाइते भएका युवा दीपेन्द्र अर्यालले भन्नुभयो। वालिङका अर्यालसहित अशोक श्रेष्ठ, रेशमबहादुर आले र मिलन कुँवरलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो।

हिरासतमा रहेकै अवस्थामा मध्यराति १ बजेसम्म हतकडी लगाई बाहिर उभ्याएर राखेको र थुनामा रहेकै केला कुटपिट गरी घाइते बनाएपछि उपचारका लागि गह्रौँ प्राथमिक अस्पतालमा लगिएको अर्यालले बताउनुभयो। अस्पतालले अर्यालको अवस्था गम्भीर भएको भन्दै थप उपचारका लागि बुटवल रिफर गरेको थियो। पीडित अर्याल एक हप्तापछि उपचार गरेर पुनः प्रहरीको सम्पर्कमा आउनुभएको हो । उहाँको शरीरमा नीलडाम र खुट्टामा गहिरो चोट लागेको प्रस्ट देखिन्छ । उपचारको सबै रिपोर्टसहित उजुरी गरिएको अर्यालको भनाइ छ।

कुटपिट मुद्दामा जिल्ला अदालतबाट सामान्य धरौटीमा छुटेपछि उहाँहरू न्यायका लागि जिल्ला प्रशासन र मानव अधिकार आयोगमा उजुरी गर्न पुगेका हुन्। हिरासतमा रहेका बेला प्रहरी निरीक्षक जनक बञ्जराको निर्देशनमा एक प्रहरी हवल्दारले निर्घात कुटपिट गरेको आरोप उहाँहरूको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर