नेभिगेसन मेनु

वृक्षारोपण गरेको बिरुवा उखेल्ने महिला पक्राउ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-03 13:15

dfjedt

चितवन, असोज १६ गते । शुक्रवार तामझामका साथ भरतपुर महानगरपालिकाले नारायणगढ बजार क्षेत्रमा रोपेको बिरुवा राति स्थानीयले उखेलेका छन् । 

भरतपुर महानगरपालिका वडा नम्बर ३ अन्तरगत सहिद चोक–बेल चोक सडक खण्डमा स्थानीय महिलाले राति बिरुवा उखेलेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वर्ष २८ की खुस्बी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । उहाँलाई सोमबार पक्राउ गरिएको हो । 

प्रहरीको नियन्त्रणमा रहेको महिलालाई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सोमबार राती सवा २ बजे आफ्नै पसल अगाडि रहेको बिरुवा उखालेर फालेको सिटी टिभी फुटेजमा देख्न सकिन्छ । घर अगाडि रुख ठुलो भई असर पार्ने भन्दै बिरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्ष मनाउने तयारी स्वरूप एक लाख वटा बिरुवा रोप्ने अभियान नै सञ्चालन गरेको छ । सहरी र ग्रामीण दुवै क्षेत्रमा वृक्षारोपण गर्दै आएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर