नेभिगेसन मेनु

बागमतीमा डेंगु सङ्क्रमित पाँच हजार नाघ्यो
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-12 13:11

dengue2019-09-08-07-15-07

हेटौँडा, भदौ २६ गते । बागमती प्रदेशमा डेंगु रोगको सङ्क्रमितको पाँच हजार नाघेको छ । गत २४ घण्टामा १०७ जना डेंगु रोगका सङ्क्रमित थपिएसँगै बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको हो । 

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो यस प्रदेशमा गत जनवरी महिनादेखि सोमबारसम्ममा डेंगु रोग सङ्क्रमितको सङ्ख्या प्रदेशभरमा पाँच हजार ७५ जना पुगेको छ । यस्तै यस प्रदेशमा डेंगु रोग सङ्क्रमणबाट हालसम्ममा मृत्यु हुनेको सङ्ख्या छ जना पुगेको छ ।

ललितपुर र धादिङ जिल्लामा दुई–दुई जना तथा मकवानपुर र काभ्रेपलान्चोकका एक–एक जनाको  डेंगु रोग सङ्क्रमणबाट मृत्यु भएको जानकारी मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले दिनुभएको छ । 

यसअघि यस प्रदेशमा आइतबार ५५ जना डेंगुका नयाँ रोगी भेटिएका थिए । मन्त्रालयका सूचना अधिकारी भुसालका अनुसार  प्रदेशका १३ वटै जिल्लामा डेंगु रोगको सङ्क्रमण फैलिएको छ ।

यस प्रदेशमा गत जनवरीयता सोमबारसम्ममा सबैभन्दा बढी धादिङ जिल्लामा डेंगुको प्रकोप फैलिएको छ । गत जनवरीदेखि धादिङ जिल्लामा तीन हजार १५१, काठमाडौँमा ४६३, ललितपुरमा २९३, भक्तपुरमा १७०, नुवाकोटमा १०४, रामेछापमा ५०, चितवन २९१, मकवानपुरमा ४२८, काभ्रे ५८, सिन्धुली ३२, रसुवा छ, दोलखा १५ र सिन्धुपाल्चोकमा १४ जनामा डेंगु सङ्क्रमण भएको छ । गत जनवरीमा ५७ जनामा डेंगु सङ्क्रमण भएकोमा अगस्त महिनामा मात्रा तीन हजार १६७ जनामा प्रदेशभरमा डेंगु सङ्क्रमण भएको मन्त्रालयका तथ्याङ्क छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर