नेभिगेसन मेनु

थानापति महादेव मन्दिरमा २१ फिटको त्रिशूल
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-19 13:25

Untitled-1 (1)

रामेछाप, असोज २ गते । रामेछापको मन्थली नगरपालिका–९, पुरानागाउँ बाहुनचुरामा रहेको थानापति महादेवको मन्दिरमा २१ फिट अग्लो तामाको त्रिशूल राखिएको छ। रामेछाप जिल्लाकै महत्वपूर्ण धार्मिक स्थल थानापति महादेव मन्दिरमा हरितालिका तिजका अवसरमा सोमबार तामाको त्रिशूल राखिएको हो। 

पत्रकार सन्तोष ढुङ्गेलको अगुवाइमा दाताको सहयोगमा ४५ केजी तौलको २१ फिट अग्लो एक लाख ६० हजार रुपियाँ लागतमा निर्माण गरिएको त्रिशूल मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ र मन्थली नगरपालिका वडा नं. ९ परानागाउँका वडाध्यक्ष गोकर्णराज आरणको उपस्थितिमा राखिएको हो। काठमाडौँको पशुपतिनाथ र हलेसी महादेवपछि नेपालको तेस्रो तथा पूर्वको दोस्रो पशुपतिनाथका रूपमा थानापति महादेव मन्दिरमा भक्तजनको आस्था रहने गरेको छ। थानापति महादेव मन्दिरमा प्रत्येक वर्षको हरितालिका तिज, ठुलो एकादशी र महाशिवरात्रिलगायतका पर्वमा भक्तजनको घुइँचो लाग्ने गरेको छ। 

यो वर्षको तिजमा पनि विभिन्न जिल्लाका हजारौँ भक्तजनले दर्शन गरेका छन् । रामेछापसँगै सिन्धुली, सर्लाही, महोत्तरी, ओखलढुङ्गा, काभ्रे, दोलखा, काठमाडौँलगायतका जिल्लाबाट दर्शनार्थी आएको मन्थली नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गोकर्णराज आरणले बताउनुभयो। “सडक सञ्जालका कारण विशेष पर्वहरूमा मात्रै नभई अहिले दैनिक रूपमा यो मन्दिर दर्शन गर्ने र घुम्नका लागि आउनेको सङ्ख्या बढेको छ,” उहाँले भन्नुभयो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर