काठमाडौं, असोज ७ गते । प्रधान सेनापति प्रभुराम शर्मा आइतबार भारत प्रस्थान गर्नुभएको छ । भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको १३ औँ इन्डो प्यासिफिक आमिज चिफ कन्फेन्समा सहभागी हुन प्रधान सेनापति शर्मा भारत जानुभएको हो ।
सेना जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कार्यक्रम असोज आठदेखि १० गतेसम्म चल्नेछ । यस्तै, भ्रमण सकेर प्रधान सेनापति असोज ११ गते स्वदेश फर्कनु हुने कार्यक्रम छ ।
प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।