काठमाडौं, असोज ९ गते । हनुमानढोका दरबार क्षेत्रमा योंसी ठड्याएसँगै काठमाडौंको सबैभन्दा ठूलो जात्रा मानिने जात्रा येँया (इन्द्रजात्रा) विधिवत् सुरु भएको छ । आज (मङ्गलबार) द्वादशीका दिन १०ः३७ बजेको शुभसाइतमा इन्द्रध्वजोत्थानसँगै इन्द्रजात्रा सुरु भएको हो । अष्टमीका दिन भोटाहिटीबाट ‘योसिँ’ (लिङ्गो) तानेर तलेजु मन्दिर अगाडि ल्याइएको लिङ्गो आजको शुभ साइतमा ठड्याइएको हो ।
ललितपुरको कृष्ण मन्दि
2023-9-6