तीन वर्षपछि ‘नाडा अटो शो २०२३’ काठमाडौंमा आज देखि सुरु भएको छ। भदौ ३१ गतेसम्म सञ्चालन हुने उक्त अटो शो सवारी साधन, पार्ट पूर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको भव्य प्रदर्शनीको १५औं संस्करण हो। अटो शोमा विभिन्न कम्पनीले नयाँ गाडी सार्वजनिक गर्दै छन् भने केहीले हालै सार्वजनिक गरेका गाडी प्रदर्शनीमा राखेका छन्।
IMG_2309