पाटनस्थित कृष्ण मन्दिरमा बिहानै देखि दर्शनार्थीको भिड लागेको छ।तस्बिर: विशाल श्रेष्ठ / एस ए टी भी
ललितपुर लगायत विश्वभरका हिन्दु धर्मालम्बीहरुले भगवान श्रीकृष्णको जन्मोत्सव अर्थात श्रीकृष्णा जन्मष्टमी धुमधामसँग मनाएका छन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलन छ । जन्मष्टमीका दिनमा सर्वत्र भगवान कृष्णको चर्चा र महिमागान हुने गर्छ । एस ए टि भिको क्यामरामा कैद अन्य तस्बिरहरू: