नेभिगेसन मेनु

पुल नहुँदा आवत–जावत बन्द
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-11 17:30

fugad-khola-photo-prem-raj-simkhada

कालीकोट, भदौ २५ गते । कालीकोटको फुगाडमा पुल नहुँदा स्थानीयको आवत–जावत पूर्ण रूपमा बन्द भएको छ । कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लाह जोड्ने कर्णाली कोरिडोर निमार्णताका फुगाड खोलामा लगाएको बेलीबृज बगाएको तीन वर्षसम्म पुल नबन्दा आवत–जावत बन्द भएको हो ।  

शनिबार रातिबाट परेको पानीले खोलामा बहाव बढेपछि अहिले कोरिडोरको शान्तिघाट–जाजरकोट सडक पूर्णरुपमा बन्द भएको छ । पक्की पुल नहुँदा यातायातका साधन पनि चल्न सकेको छैन । 

त्यहाँ रहेको झोलङगे पुल समेत बाढीले बगाएपछि पैदलयात्री यात्राबाट रोकिएका छन् । रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको सीमाक्षेत्र फुगाडमा पुल नहुँदा बर्सातको समयमा स्थानीयले दुःख पाउनेगरेका छन् । कतिपयका गाई बस्तुका गोठ खोलापारी भएकाले खोलामा पानी परेका दिनमा घाँस खुवाउनसम्म नपाउने अवस्था छ । 

पचालझरना गाउँपालिका–७ का कृष्ण बम कामबिषेशले मान्मा आउन आइतबार बिहान पैदल आउनुभयो । खोलामा पानी बढेकाले दिनभरि फुगाड खोलाको पानीको मात्रा हेरेर खोला किनारमा बस्नुपरेको बताउनुभयो । 

गएराति पानी पर्न अलि रोकिएपछि खोलामा पानीको मात्रा कम भएपछि स्थानीय युवाको सहयोगमा खोला तरेर आज बिहान मात्र मान्मा पुगेको बलमे बताउनुभयो ।  

कर्णाली कोरिडोर निर्माणको जिम्मा नेपाली सेनाले लिएको थियो । सडक निर्माण गर्दा सो ठाउँमा बनाएको बेलिबृज बाढीले बगाए पनि फेरि उक्त ठाउँमा पुल नबनेकै कारणले नागरिकले अहिलेसम्म दुःख पाइरहेको बताएका छन् । 

त्यहाँ पक्की पुल बनाउने कुनै सुरसार गरिएको छैन । कोरिडोर हेरिरहेको सडक डिभिजन हुम्ला कार्यालयले पुलका लागि ठेक्का गर्न लागेको भन्न थालेको पनि एक वर्ष बितिसकेको छ । तर पनि अझै पुल निर्माणका लागि ठेक्का भएको छैन । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर